गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार गरिँदै, माओवादी केन्द्रबाट जुग्जाली मन्त्री बन्ने
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १२:५७:२८
२९ वैशाख, पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा थप हुने मन्त्री नाम टुंग्याएको छ । जसअनुसार म्याग्दीबाट प्रदेश (ख)बाट निर्वाचित का रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ ।
सत्तारुढ दलबीचको भागबण्डामा पार्टीलाई प्रदेश सरकारमा २ मन्त्रालय पाएको छ । पार्टीबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त भइसकेकी छन् ।
जुग्जाली अघिल्लो सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए । गठबन्धन फेरिएसँगै कांग्रेस नेतृत्वको नयाँ सरकारमा पुनः जुग्जालीलाई नै मन्त्री बनाउने निर्णय माओवादी केन्द्रले गरेको हो ।
प्रदेशको मन्त्रिपरिषद् विस्तार आजै हुने माओवादी केन्द्रका प्रदेशसभा सदस्य कुसुम बुढाले बताए । तर कांग्रेसभित्र आकाङ्क्षी धेरै भएकाले कांग्रेसले पाएको मन्त्रालयको जिम्मेवारी टुंग्याउन सकेको छैन ।
प्रदेशको ७ मध्ये मुख्यमन्त्रीसहित चार मन्त्रालय कांग्रेसले, दुई माओवादी केन्द्रले र एक नेकपा एकीकृत समाजवादीले लिने सहमति छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार