मोटर स्पोर्टसमा २१ जनाबीच प्रतिस्पर्धा हुने
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १३:१२:५१
२९ वैशाख, चितवन । नासा नेपाल बागमती सङ्घ तथा चितवन अटो डिलर्स एशोसिएशनको संयुक्त आयोजनामा हुन लागेको मोटरस्पोर्टसमा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । आज साँझबाट सुरु हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि उनीहरुले आवेदन दिएका हुन् ।
कार्यक्रम संयोजक राजन पियाका अनुसार प्रतियोगितामा आज क्वालिफिकेसन राउण्ड हुनेछ । प्रतियोगितामा खेलकुदमध्येको एक शाहसिक एवं रोमान्चक खेल रहेको उनले बताए । जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको सो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शनिबार हुने आयोजकले जनाएको छ ।
चितवनलाई शाहसिक र खेल पर्यटनको मुख्य गन्तव्य बनाउने उद्देश्यका साथ आयोजित यस प्रतियोगितामा सहभागीमध्ये १४ जना जिल्ला बाहिरका छन् । सहभागीमा दुई महिलासमेत रहेको पियाले जानकारी दिए । यस प्रतियोगितामा गाडी चलाएर खेल खेलिने छ । उनका अनुसार च्याम्पियनसिपका विजेता एक र महिलाबाट वेष्ट टाइमिङ्का आधारमा एक जनाले आगामी नोभेम्बरमा चाइनाको ताइपेइमा हुने एसिया प्यासिफिक अटो जिमखानामा सहभागिता जनाउन पाउने छन् ।
विजेतामध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश : रु २७ हजार, रु नौ हजार र रु तीन हजार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा एक हजार सीसीका सबै गाडीलाई खुल्ला गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
आजदेखि राजविराज महोत्सव हुँदै
कात्तिक १५, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
असोज ३०, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार