गण्डकीका मुख्यमन्त्री पाण्डले दिए मन्त्रिपरिषदलाई पूर्णता
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १३:३६:५
२९ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डले लामो रस्साकस्सीपछि मन्त्रिपरिषदलाई पुर्णता दिएका छन् । शुक्रबार पाण्डले नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जनालाई मन्त्रीमा नियुक्त गरी ७ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।
मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा, एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त गरेका हुन् । मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ ।
वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । १५ गते सपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त भएका थिए । कांग्रेसभित्रै धेरै मन्त्रीका आकांक्षी हुँदा मुख्यमन्त्री पाण्डेलाई सकस परेको थियो ।
मनाङेलाई मन्त्री बनाउन केन्द्रीय तहबाटै दबाब आएपछि अन्तत मनाङे गण्डकी सरकारको चौथो पटक मन्त्री हुन सफल भएका छन् । नवलपुरका महेन्द्रध्वज संविधानसभा सदस्य भइसकेका हुन् भने कांग्रेस संसदीय दल गण्डकीमा नेताको दाबेदार पनि थिए । महेन्द्रध्वज जिसी कोइराला समूहका हुन् । उनी नेपाली कांग्रेस गण्डकीको सभापतिसमेत हुन चाहेका थिए । बागलुङका थापा जिल्ला पूर्व जिल्ला सभापतिसमेत हुन् भने २०७४ मा एमालेका इन्द्रलाल सापकोटासँग प्रदेश सभामा पराजित भएका थिए ।
रेशम जुग्जाली खगराज अधिकारी सरकारमा पर्यटनमन्त्री थिए । यसअघि १२ मन्त्रालयसम्म रहेको गण्डकीमा खगराज अधिकारीले ७ मा झारेका थिए । पाण्डेले पनि मन्त्रालयको संख्या सोही कायम गर्ने घोषणा त्यही बेला नै गरेका थिए । मुख्यमन्त्री पाण्डेले यसअघि नेपाली कांग्रेसबाट सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला शिम्खडालाई मन्त्री नियुक्त गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार