‘कृषिविज्ञ’ मदन राई यौन दुर्व्यवहार आरोपमा पक्राउ
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १३:५७:१
२९ वैशाख, काठमाडौं । आफूलाई कृषिविज्ञका रुपमा चिनाउँदै आएका खोटाङका मदन राईलाई प्रहरीले जबर्जस्ती करणीको आरोपमा पक्राउ गरेको छ ।
७५ वर्षीय मदनले आफैंले स्थापना गरेको फाउन्डेसनमा राखिएका बालबालिकामाथि यौन दुर्व्यवहार गरेको घटनामा अनुसन्धान गर्न शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले बताए ।
उनले सञ्चालित फाउन्डेसनमा राखिएका बालिकालाई पटकपटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।
मदनले फाउन्डेसनमा पढाउन भनेर थुप्रै बालबालिकालाई राखेका छन् । नौ वर्षपहिले स्थापना गरिएको फाउन्डेसन रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने खोटाङ सदरमुकाममा जजागृति उच्च माध्यमिक विद्यालय परिसरमा संचालित छ । उनले त्यहाँ ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ ।
उनको हर्कत सार्वजनिक भएपछि बालबालिका संरक्षणसम्बन्धी संघ संगठनहरुले विज्ञप्ति निकालेर विरोध जनाएका छन् । ‘बालबालिका शान्ति क्षेत्र संरक्षण अभियान (सिजप)’का अध्यक्ष राजेश शर्मा र महासचिव मिना शर्माले बिहीबार संयुक्त विज्ञप्ति निकालेर विरोध जनाउँर्दै राईलाई कारवाही गर्न माग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार