संसद सचिवालयमा टोपबहादुरको ‘बिरामी भएकाे पत्र’ बुझाउने मान्छेकाे खोजीमा लाग्याे प्रहरी
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १५:२९:२५
२९ वैशाख, काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार रहेका नेकपा (एमाले) सांसद टोपबहादुर रायमाझी ‘बिरामी’ रहेको पत्र संसदमा बुझाउने व्यक्ति खोजी सुरु गरेको छ । खोज्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज संसद सचिवालयबाट सीसीटिभी फुटेज लिएर अध्ययन सुरु गरेको छ ।
सीआईबीले अध्ययनका लागि सीसी टिभी लगेको पुष्टि संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले गरेका छन् । प्रकरणमा जोडिएपछि पक्राउका लागि प्रहरीले खोजी रहेका बेला अघिल्लो बुधबार साँझबाट फरार भएका रायमाझीले आइतबारबाट सुरु भएको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभा बैठकको दोस्रो दिन सोमबार संसद सचिवालयमा ‘आफू बिरामी रहेको’ र त्यसकारण बैठकमा उपस्थित हुन नसकेको व्यहोरासहित पत्र दर्ता गराएका थिए ।
उनले यही बुधबार पनि आफू बिरामी रहेको र त्यही दिन प्रहरीमा हाजिर हुने भनी स्टाटस लेखेका थिए । तैपनि उनी फरार रहेपछि उनको पत्र बोकेर सचिवलायमा दर्ता गर्न आउने व्यक्ति को हुन् ? भन्नेतर्फ प्रहरी अनुसन्धानमा लागेको हो । सभामुखको कार्यकक्ष आसपासको सीसीटीभी नियन्त्रणमा लिइएको छ ।
एमालेले मंगलबार नै उनको केन्द्रीय पार्टी सचिव पद अनुसन्धान टुंगो नलागेसम्मका लागि निलम्बन गरेको छ । उनी अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य (सांसद) समेत हुन् । अहिले ललितपुरकाे च्यालसमा एमालेकाे केन्द्रीय समितिकाे बैठक चलिरहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार