केन्द्रको घण्टी बजेपछि मन्त्रीको सूचीबाट मनाङे आउट
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १६:१२:२१
२९ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एकीकृत समाजवादीका सांसद दीपक मनाङेको नाम मन्त्रीको लिष्टबाट हटाएका छन् । उनले मनाङेको ठाउँमा कांग्रेसकै जीतप्रकाश आलेलाई ल्याएका छन् । तनहुँ कांगेसका जिल्ला सभापतिसमेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् । रामचन्द्रकै जोडबलमा मुख्यमन्त्री पाण्डेले मनाङेलाई हटाएर आलेलाई मन्त्री बनाएका हुन् ।
शुक्रबार बिहान मनाङे मन्त्रीमा नियुक्त भएका थिए । तर, उनी शपथ लिनु अगाडि हटाइए । आलेले मुख्यमन्त्रीको कार्यालयबाट शपथ खान खबर आएको पुष्टि गरेका छन् । शुक्रबार बिहान ३ मन्त्रीको नाम टुंगो लगाइ सकेपछि मनाङेलाई मन्त्री बनाउने सन्दर्भमा शीर्ष नेतासँग पाण्डेले फोन संवाद थालेका थिए ।
मनाङेलाई मन्त्री नबनाए पनि गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डे सुरुदेखि नै मन्त्री बनाउने पक्षमा थिएनन् । तर, केन्द्रको गठबन्धन बिग्रन सक्ने भएकाले बनाउनुपर्ने दबाब उनीमाथि थियो । शुक्रबार बिहानसम्म पनि एकीकृत समाजवादीबाट मनाङे मन्त्री बन्न सक्ने पाण्डेले बताइरहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार