नेपाल अफ्रिका फिल्म फेस्टिबलकाे तयारी अन्तिम चरणमा
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १६:२२:४५
२९ वैशाख, काठमाडौं । नेपाल अफ्रिका–फिल्म फेस्टिबल–२०२३ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पक्षका अनुसार ११औँ संस्करणको यो फेस्टिबल यही १ देखि ३ असारसम्म हुँदै छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यो महोत्सब कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिले आयोजना गर्न लागेको हो ।
महोत्बस तथा कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी अध्यक्ष डा. मञ्जु मिश्रले महोत्सबबारे,‘प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा रहेकाे बताएकी छिन्। अफ्रिकालाई अब पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर हामीले बिगत ११ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएका छौँ।’ नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफूहरूले एक दशकअघिबाट नेपालमा नेपाल–अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको अध्यक्ष डा. मिश्रले बताइन् ।
यो अन्तराष्ट्रिय फिल्म महोत्सबका लागि हालसम्म २० भन्दा बढी अफ्रिकी मुलुकका फिल्म प्राप्त भएको पनि उनले बताईन् । नेपालबाट यो महोत्सबमा फिल्म सहभागी हुनको लागि जेठको दोश्रो हप्तासम्म समय तोकिएको पनि उनले जनाईन् ।
महोत्सबका लागि हाल प्राप्त अन्तराष्ट्रिय चलचित्रहरु निर्णायक समुहबाट हेर्ने काम भईरहेको अध्यक्ष डा. मिश्रले बताएकी छिन् । यो महोत्सबको लागि बिगतमा झै यसपटक पनि बढीमा २५ वटा सिनेमा चयन गरिने छ । नेपाली र अफ्रिकन फिल्म यो महोत्सबमा प्रदर्शन गरिने छ । अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत अफ्रिकन मुलुकका तथा अफ्रिका माथि बनेको अन्य मुलुकका सिनेमा चयन गरिने छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन्। अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तराष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ ।
महोत्सब निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सबमा बिगत झैं यसपटक पनि साँस्कृतिक झाँकी, नेपाल र अफ्रिकाको विषयमा अन्तरक्रिया, नेपालमा सर्ट फिल्म किन व्यबसायिक हुन सेकनन् लगायत विभिन्न विषयमा छलफल पनि गरिने महोत्सब निर्देशक क्षत्रीले बताएका छन् । महोत्सबमा कला प्रदर्शनी पनि गरिने भएको छ ।
यो महोत्सवमा चलचित्र, लघु चलचित्र, बृत्तचित्र, एनिमेसन चलचित्र, कार्टुन फिल्म सहभागी गराईनेछ । नेपाल खण्ड अन्तर्गत खुला प्रतिस्पर्धा र विधार्थी सिनेमा प्रतिस्पर्धा गरी दुईवटा क्याटोगोरी रहेको पनि क्षत्रीले बताए ।
यस्तै नेपाली खण्ड अन्तर्गत खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघु चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ । नेपाली सिनेमामै विधार्थी खण्ड अन्तर्गत उत्कृष्ट स्टुडेन्ट सर्ट फिल्म र उत्कृष्ट स्टुडेन्ट डिरेक्टर अवार्डको लागि प्रतिस्पर्धा हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार