बैंक ब्याजदर ७ प्रतिशतभन्दा तल नझार्ने राष्ट्र बैंकको नीतिगत निर्णय छ : गभर्नर अधिकारी
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १६:५०:४
२९ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याज दर अझै घट्ने बताएका छन् । नेपाल राष्ट्रले चालु आवको तेस्रो त्रैमासिक मौन्द्रिक नीति समीक्षा शुक्रबार सार्वजनिक गर्ने क्रममा बोल्दै गभर्नर अधिकरीले ब्याजदरमा कमी आएसँगै घटेर अर्थतन्त्र चलायमान हुने बताए ।
तेस्रो मौद्रिक नीति समीक्षाले बैंक ब्याजदर १ प्रतिशतले घटाएर ७.५ प्रतिशत कायम गरेको छ । साथै ५ करोडभन्दा तलको कर्जाको पुनतालिकीकरण र पुनः संरचना गर्ने व्यवस्था पनि गरिएको छ ।
घट्दै गएको ब्याजदर अझै घट्ने गरी नै व्यवस्था गरिएको छ’ उनले भने, ‘केन्द्रीय बैंकले लिएको लचिलो नीतिले शिथिल रहेको अर्थतन्त्र गतिशील हुनेछ ।’ उनले ब्याजदर ७ विन्दूबाट तल नजाने जानकारी पनि दिए ।
राष्ट्र बैंकले समीक्षा कार्यक्रममा लचिलो भएको तर नीतिगत निर्णय गर्न कमजोर देखिएको भन्ने संचारकर्मीहरुको प्रश्नमा उनले बैंकदर सम्बन्धी निर्णय गएको साउन ६ मा नै भएको र यसमा राष्ट्र बैंक दायाँबायाँ नहुने बताए ।
उनले राष्ट्र बैंकले आगामी दिनमा बैंकहरुलाई जारी गर्ने सर्कुलरमा सुविधाको विषय थप गर्दे जाने बताए । कुन ऋणीको कति कर्जा र कसरी पुनःतालिकीकरण र पुनःसंरचना गर्ने अधिकार बैंक तथा वित्तीय संस्थालाई नै दिएको उनले बताए ।
कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले चालु आवमा बैंक ब्याजदर ७ प्रतिशतभन्दा तल नझर्ने राष्ट्र बैंकको नीतिगत निर्णय रहेको उनले स्पष्ट पारे । आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी केही लचिलो भएको उनकाे भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार