नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाही हुनुपर्ने टीआईको माग
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १७:७:४२
२९ वैशाख , काठमाडाैं । ट्रान्सपरेन्सी इन्टरनेसनल 'टीआई'ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई हदैसम्म कारबाही हुनुपर्ने माग गरेको छ । शुक्रबार टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले प्रेस विज्ञप्ति जारी गर्दै प्राप्त प्रमाणलाई उचित संयोजन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताएकी हुन् ।
अध्यक्ष प्रधानाङ्गले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको संगठित प्रयासबारे हाल भइरहेको तदारूकतापूर्ण अनुसन्धानको टीआई नेपालले स्वागत गरेको विज्ञप्ति मार्फत बताएकी छिन् ।
विज्ञप्तिमा भनिएको छ, "हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबावबाट प्रभावित नहोस्, कुनै पनि बहानामा छानबीन शिथिल नहोस् र नरोकियोस्, प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेश गर्ने प्रपञ्च नरचियोस् र अपराधीहरू जुनसुकै पद र तहका भए पनि तिनलाई हदैसम्मको कारवाही होस् भनी टीआई नेपाल जोडदार आग्रह गर्दछ ।"
आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम असूली गर्ने र कीर्ते कागजात तयार गरी शरणार्थीका रूपमा विदेश पठाउने यो उपक्रम जालसाजी, लूट र मानव तस्करीको संगठित अपराध मात्र होइन, राज्यविरुद्धको, नागरिक विरुद्धको र मानवता विरुद्धको अक्षम्य अपराध समेत हो जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार