दलहरू नै ‘टोपबहादुर खोई’ भन्दै सडक प्रदर्शन चर्काउँदै
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १८:३३:६
२९ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगीको आरोप लागेपछि फरार भएका एमाले सांसद टोपबहादुर रायमाझी लगायतलाई चाँडो पक्राउ गर्न माग गर्दै देशका मुख्य शहरमा प्रदर्शन हुने क्रम बढेको छ ।
शुक्रबार काठमाडौं, मोरङको विराटनरमा नागरिक समाजको ब्यानरमा नागरिकहरुले स्वस्फूत रुपमा सडकमा निस्केनर खबरदारी प्रदर्शन गरेका छन् । काठमाडौंमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रनिकट युवा संगठन योङ कम्युनिष्ट लिग ‘वाईसीएल), पार्टी निकट जनवर्गी संघ संगठनहरुले प्रदर्शन गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा सरकारलाई खुट्टा कमाऊन खबरदारी गर्दै उनीहरुले ‘भ्रष्टाचार जनघात र संगठित अपराध हो, टोपबहादुर खोई, सदन र सरकारबाट दबाब’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सयाैं संख्यामा महिला पुरूष सहभागी थिए । आफूहरुको प्रदर्शन भ्रष्टाचारीविरुद्धको अभियान भएको सहभागीहरुले बताए ।
आजै विराटनगरमा सरकारका घटक दल एकीकृत समाजवादीले रायमाझी लगायत फरार रहेकालाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गर्दै र्याली निकाल्यो । आफूहरुको प्रदर्शन भ्रष्टाचारीविरुद्धको अभियान भएको सहभागीहरुले बताए ।
नक्कली शरणार्थी काण्डले देशकै बेइज्जत गराएको भन्दै जुनसुकै पार्टीको भएपनि यो प्रकरणमा मुछिएकाहरूलाई कारबाही हुनुपर्नेमा उनीहरूले जोड गरे । र्यालीमा सहभागीहरूले मानव बेचविखन गर्ने काम बन्द गर, गृहमन्त्री खुट्टा नकमाउ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रकरणका सबै दोषीलाई कारवाही गर्न सरकार मुख्य घटक नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारलाई खबरदारी गरेका छन् । कांग्रेसका भातृ संगठनहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर भ्रष्टाचारी र जनघातीलाई कारवाही गर्न खुट्टा नकमाउन ज्ञापन पत्र बुझाएका छन् । प्रकरणमा तानिएका सबैलाई कारवाहीको दायरामा ल्याउन भन्दै राप्रपाले आजै मात्र प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।
प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पुर्व गृहमन्त्री बालकृष्ण खाण, सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेसहित १२ जना पक्राउ परिसकेका छन् भने ३ जना फरार छन् । प्रकरणमा खाण पत्नी मञ्जु, पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु लगायत सांसदहरुको नाम जोडिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाई आजपनि 'हेर्दाहेर्दै' मा
बैशाख ९, २०८१ आइतबार
विकलविरुद्ध मुद्दा दायर, मुख्यसचिवमाथि प्रश्न मात्रै उठे !
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार