नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिन साझा राष्ट्रिय चेतना अभियान आवश्यक छः डा.कोइराला
नेपालबहस संवाददाता
बैशाख ३०, २०८० शनिबार ११:१०:४३
३० वैशाख,काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालको बढ्दो भ्रष्टाचार नियन्त्रण र यसको जालोबाट देशलाई उन्मक्ति दिन साझा राष्ट्रिय चेतना अभियान चलाउन आवश्यक भएको बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनी कठघरामा ल्याएर कडा भन्दा कडा सजाय दिनुपर्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामुमा नेपालको शिर निहुरिएको बताएका हुन् । नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिन राष्ट्रिय साझा चेतना अभियान आवश्यक रहेको उनको भनाइ छ ।
कोइरलाले फेसबुकमा लेखेका छन्, ’भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामुमा देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं । तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ ।’
देशका शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढ्दै गएको र त्यसले दशकौं संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको उनको भनाइ छ । नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिन भ्रष्टाचारविरूद्ध नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्नुपर्ने उनले बताएका छन् । कोइरालाले लेखेका छन्, ’अब समय आएको छ भ्रष्टाचारविरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने ।’
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढ्दो रहेको र यसले दशकौं संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको उनको धारणा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार