आर्यनलाई जोगाउन समीरले मागेका थिए २५ करोड घुस
नेपालबहस संवाददाता
बैशाख ३०, २०८० शनिबार १३:३८:२८
३० बैशाख, मुम्बई । अभिनेता शाहरुख खानका छोरा आर्यन खान सन् २०२१ मा एक क्रुज ड्रग्स मामलामा पक्राउ गर्ने नारकोटिक्स कन्ट्रोल ब्यूरो 'एनसीबी' का पूर्व जोनल निर्देशक समीर वानखेडे यतिबेला चर्चामा छन् ।
सीबीआईको टिमले समीरको घरमा गत शुक्रबार छापा मारेको थियो । सीबीआईका अनुसार समीरले क्रुज ड्रग्स मुद्धामा आर्यनलाई नफसाउनका लागि उनका पिता शाहरुख खानसँग २५ करोड रुपैंयाँ घुस मागेका थिए । यो मामलामा समीरका एक साथीले ५० लाख रुपैंयाँ लिएका थिए । सीबीआईले समीरविरुद्ध घुस मागेको आरोपमा एफआईआर दर्ता गराएको छ ।
सीबीआईले समीरसहित ४ जनाविरुद्ध मुद्धा दर्ता गर्दै मुम्बई, दिल्ली, राँची र कानपूरका २९ स्थानमा छापा मारेको थियो । छापा मार्दा प्रहरीले आपत्तिजनक दस्तावेज, वस्तुहरु र नगद बरामद गरेको छ ।
सीबीआईले यो मामलामा अनुसन्धान गरिरहेको छ । सन् २०२१ मा मुम्बईबाट गोवा जाँदै गरेको एक क्रुजमा रेव पार्टीको सूचना पाएपछि एनसीबीले छापामा मारेको थियो ।
यो छापामारीमा शाहरुखका छोरा आर्यनसहित उनका साथीहरु पक्राउ परेका थिए । यसपछि आर्यनलाई जेल पठाइएको थियो । जेल पठाएको एक महिनापछि मात्र उनले जमानत पाएका थिए । यद्यपि यो मामलामा आर्यनले ‘क्लिन चिट’ पाइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्चना पूरन सिंहको युट्युब च्यानल ह्याक
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार