घट्दो अर्थतन्त्र बढ्दो खालि सटर [ फोटोफिचर ]
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३०, २०८० शनिबार १६:३६:२
![](https://nepalbahas.prixacdn.net/media/albums/satar_15_UFfv6oMlei_VJu56xLTIe.jpg)
३० वैशाख, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर हिड्नेको संख्या दिनानुदिन बढ्दो क्रममा छ । अहिले काठमाडौंका पुराना र विस्तारित बजार जताततै उस्तै निराशाको अवस्था छ । भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान जस्तै छन । सटरमा फोन नम्बरसहित ‘टुलेट’ र ‘भाडामा’ लेखेका बोर्डहरु प्रशस्तै देखिन्छन् । व्यापारीहरु चिन्ताजनक छन यस्तो अवस्था देखेर। देशकै राजधानी जस्तो ठाउँको हालत यस्तो छ भने राजधानी बाहिरको अवस्था नि नाजुक बन्न सक्ने खतरा हुन सक्छ भन्छन अर्थविदहरु।
कोभिडपछि सुस्ताएको व्यापार लाइ उकास्न लाइ सरकारले केहि निति र निर्णय नगरेको नि आरोप लगाउछन व्यापारीहरु। सानादेखि ठुला सबै व्यापार अहिले पहिलाको भन्दा न्युन नै छ भन्दा हुन्छ। राजधानिका मलहरु कुनै बेला हप्ताको सातै बार भिडभाड हुने गर्थ्यो तर अहिले को अवस्था फरक छ, ठुला ठुला भनिएका मल कम्पलेक्स हरु सुनसान मात्र देखिन्छन् । ठुला र मुख्य व्यापारिक क्षेत्रका मल हरुको अवस्था पनि उस्तै छ, मल भित्रकै सटर खालि हुँदै गएको छ। मल भित्र हुने रेस्टुरेन्ट व्यवसायीहरुको गुनासो पनि उहि छ, मल मा मान्छे आउदैनन हामी यहाँ कसलाई सेवा दिने भन्ने गुनासो पोख्छन रेस्टुरेन्ट व्यवसायीहरु। बाहिर होटल व्यवसायीहरुको नि समस्या उही छ, काठमाडौंमा अधिकांश बास बस्न सुन्धारा , बसपार्क क्षेत्रका होटलहरु पनि अहिलेको समयमा सुनसान नै देखिन्छन ।
मुख्य व्यापार हुने क्षेत्रका भवनहरुमाथि अहिले व्यापारिक र अफिसका बोर्ड कम ,टुलेट लेखेको मात्र देखिन पाइन्छ। रोडसाइडमा हुने पार्किङ हटाइएका कारण ग्राहक आउनै नपाएर पनि व्यवसाय सुकेको व्यवसायीहरूको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशनिबार बुढानीलकण्ठ मन्दिर : भक्ति, शान्ति र परम्पराको जीवन्त चित्र
फागुन ३, २०८१ शनिबार
प्रेम दिवसमा फूलहरूसँगै खुसी डेलिभर: फाेटाे फिचर
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार