प्रेस युनियन बर्दियाको अध्यक्षमा दिपक लाल श्रेष्ठ निर्विरोध निर्वाचित
नेपालबहस संवाददाता
बैशाख ३०, २०८० शनिबार २०:१०:३०
३० वैशाख, काठमाडौं । नेपाल प्रेस युनियन बर्दियाको अध्यक्षमा दिपक लाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । युनियनको शनिबार सम्पन्न सातौं जिल्ला अधिबेशन तथा साधारणसभाबाट निर्विरोध निर्वाचित श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
अधिवेशसने वरिष्ठ उपाध्यक्षमा संजय आचार्य , उपाध्यक्षमा हरि गुरुङ, सचिवमा दुर्गा आचार्य, सह सचिवमा चन्द्र बि.क र कोषाध्यक्षमा प्रशान्त टन्डन निर्वाचित भएका छन् ।
यस्तै सदस्य खुल्लामा अजय चापागाई, प्रेम यादव र प्रमेश यादव रहेका छन् । जनजाति सदस्यमा विशाल श्रेष्ठ, जनजाति महिला सदस्यमा प्रमिला कुमारी चौधरी, मधेशी सदस्यमा मुरली गोडिया, सदस्य महिलामा निर्मला शर्मा र अनु भण्डारी निर्वाचित भएका छन् । यस्तै शनिबार सम्पन्न युनियनको सातौं अधिवेशनले अल्पसंख्यक सदस्यमा अफजल खानलाई निर्वाचित गरेको छ ।
नेपाल प्रेस युनियनका अध्यक्ष विनय राजभण्डारीको अध्यक्षतामा भएको उद्घाटन शत्रको प्रमुख अतिथी नेपाली कांग्रेसका सहमहामन्त्री एवम् संघीय संसद किशोर सिंह राठौरले पत्रकारहरु स्वच्छ पत्रकारिता गर्न लाग्नु पर्ने बताए। पत्रकारलाई गर्नुपर्ने कुनैपनि सहयोग गर्न आफू र पार्टी सधै तयार रहेको उनले बताए । यस्तै विशिष्ट अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् संघीय संसद संजयकुमार गौतमले जिल्लाका पत्रकारहरुबाट सधै साथ र सहयोग पाएको स्मरणगर्दै पत्रकारको बृत्ति विकासमा सकेको सहयोग गर्ने बताए ।
अधिवेशनको उद्घाटन सत्रमा लुम्विनी प्रदेश संसद भुवनेश्वर चौधरी कार्यक्रममा अतिथीका रुपमा सहभागी भएका थिए। प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य एवम् निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद धिताल एवम् प्रेस चौतारी नेपाल बर्दियाका अध्यक्ष यज्ञप्रसाद सापकोटाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार