फरम्याट गरेकाले खाँणको मोबाइल डाटा रिकभरीका लागि प्रयोगशाला पठाइयाे
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार ९:१३:२
३१ बैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल बिद्यि बिज्ञान प्रयोगशालामा पठाईएको छ ।
प्रहरीले पक्राउ पर्नु अघि खाँणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै 'मोबाइल फरम्याट' गरेकाले ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाईएको हो ।
‘सचिव पाण्डेको मोबाइल पनि फरम्याट गरिएको थियो, प्रयोगशालामा लगेर डाटा रिकभर गरे पछि पुर्व मन्त्री खाँडको पनि सलंग्न रहेको प्रमाण मिलेको थियो,’ एक उच्च प्रहरी अधिकृतले भने, ‘त्यसैले खाँणको पनि मोबाइल प्रयोगशालामा पठाईएको हो, डाटा रिकभरी भए पछि थप प्रमाण भेटिने आशा गरेका छौं ।’
उनका अनुसार आज पनि सरकारी वकिल कार्यालयमा खाँणको बयान जारी रहने छ । हालसम्म खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाईके केशव दुलाल र सानु भण्डारीसँग आफनो भेटघाट र चिनजान भएको स्विकार गरेका छन । थप अनुसन्धानका लागि सरकारी वकिलको रोहवरमा उनीसँग वयान लिइदैछ ।
जिल्ला अदालत काठमाडौंले खाँणलाई तीनसम्म हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिएको थियो । सोही अनुमति अनुसार आजसम्म खाँण प्रहरी हिरासतमा नै रहेका छन भने आजै उनलाई अदालत लगेर थप म्याद लिने तयारी प्रहरीको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार