उपाधी नजिक पुगेको पिएसजीको जीतमा एम्बाप्पेको दुई गोल
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार ९:४१:५७
३१ बैशाख, काठमाडौं। पेरिस सेन्ट जर्मेन 'पिएसजी' ले फ्रेन्च लिग वानमा जीत दर्ता गर्दै उपाधिको सम्भावना थप बलियो बनाएको छ । एसी एजासियोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पिएसजीले उपाधी जीतको सम्भावना बलियो बनाएको हो । जसमा एक गोल उपहारमा पाएको थियो ।
पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको २२औं मिनेटमा पिएसजीका फावियन रुइजले गोल गरे पछि खेलले अग्रता लिन सुरु गरेको थियो । र, त्यसको १० मिने पछि अर्थात ३३औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारे । र, खेल पहिलो हाफमा २(० को अवस्थामा रहन पुग्यो ।
तर, दोस्रो हाफको सुरुवाती अर्थात ४७औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीले ३–० को अग्रतासहित फराकिलो अन्तर बनायो । र, उनै एम्बाप्पेले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीको अग्रतालाइ ४–० मा पुरयाईदिए ।
एजासियोको बिडम्बना नै भनौं, ७३औं मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा ५–० ले अघि बढ्यो । र, दुबैतर्पफवाट कुनै गोल हुन नसके पछि अन्ततः खेल ५-० मा टुंगियो ।
रोचक त भे के भने खेलको अन्तिमतिर दुवैतर्फका खेलाडी रातो कार्ड खाएर बाहिरिनु परेको थियो । खेलको ७७औ मिनेटमा पिएसजीका अचरफ हाकिमीले तथा ८०औं मिनेटमा एजारियोका थोमस मनगानीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो ।
यस जितसँगै शीर्षस्थानको पिएसजीले ३५ खेलबाट ८१ अंक जुटाएको छ भने पराजित एजासियो २३ अंक जोडेर १८औं स्थानमा सिमित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार