बालकृष्ण खाणलाई निलम्बनको माग गर्दै नेविसंघद्वारा काठमाडाैंमा प्रदर्शन
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार ११:२०:४१
३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पार्टी सम्र्पू जिम्मेवारीबाट निलम्बनन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
पार्टीका नेता खाणलाई तत्काल निलम्बन गरेर प्रकरण अनुसन्धानमा सहयोग गर्न पार्टीले तत्काल निर्णय गर्न पार्टीकै विद्यार्थी संगठन नेविसंघका कार्यकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले ‘सभापतिज्यू, खाणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो । उनीहरुले ‘नेता र नाता’ नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरे । प्रदर्शनकारीहरुले नेविसंघको झण्डासहित प्रतिकात्मक रुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक प्रदर्शन गरेका छन् । नेविसंघले केही विद्यार्थीलाई कैदीको भेषमा सडकमा प्रदर्शनमा ल्याएको थियो ।
नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले कांग्रेस केन्द्रीय सदस्य खाणलाई यही वैशाख २७ गते पक्राउ गरेको थियो । हाल उनलाई महानगरी प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । उनलाई जिल्ला अदालत काठमाडौंबाट ठगी कसुरमा ४ दिन म्याद थप गरेर प्रहरीले अुनसन्धान जारी राखेको छ ।
उनले ठगीमा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ । सोही आरोपमा तानिएकी उनकी पत्नी मञ्जु खाण्न भने पति पक्राउ परेकै दिनदेखि सम्पर्कविहीन बनेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार