ब्याजदर घटेपछि बचतकर्ताहरू धमाधम बैंकबाट पैसा झिक्दै
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १३:२:१६
३१ वैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निक्षेप दिने ब्याज दर घटेपछि निक्षेपकर्ताहरूले धमाधम बैंकबाट पैसा झिक्न थालेका छन् । निरन्तर बढेर दोहोरो अंकमा पुगेको बचतको ब्याज राष्ट्र बैंकले हाल एकल अंकलमा झारेको छ । यसबाट बैंकहरुमा निक्षेप घट्न सक्ने चिन्ता बढेको छ ।
वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघको हालैको बैठकले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दतीमा ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ । गत चैतसम्म मुद्दतीतर्फ ११ प्रतिशत माथि थियो ।
वैशाख २६ मा बैंक तथा वित्तीय संस्थामा ५४ खर्ब ७४ अर्ब रहेको निक्षेप निक्षेप एकैदिन ४ अर्बले घटेर ५४ खर्ब ७० अर्बमा सीमित भएको छ । वैशाखमा घटेको ब्याजदर जेठमा कायम राख्ने भएपछि बैंकबाट पैसा झिक्ने क्रम बढेको हो ।
यता वाणिज्य बैंकहरूको निक्षेप एकैदिन ३ अर्ब घटेको छ । वैशाख २६ गते वाणिज्य बैंकहरूमा ४८ खर्ब २७ अर्ब रहको निक्षेप ३ अर्बले वैशाख २७ गतेसम्म आइपुग्दा ४८ खर्ब २४ अर्बमा झरेको छ ।
निक्षेपसँगै कर्जा प्रवाह समेत घटेको छ । वैशाख २६ गते बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ५६ अर्ब कर्जा प्रवाह गरेकोमा एकैदिन ६ अर्बले घटेर ४८ खर्ब ५० अर्बमा झरेको छ । वाणिज्य बैंकको मात्रै कर्जा प्रवाह ६ अर्बले घट्न पुगेको छ । कर्जा प्रवाहमा कमी आएसँगै कर्जा निक्षेप अनुपात (रेसिडी रेसियो( समेत ८५.२१ प्रतिशत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले पाए सहसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
थाइल्याण्डका प्रधानमन्त्रीको २० लाख डलरका ह्यान्डब्याग र ५० लाख डलरका घडी
पुष १९, २०८१ शुक्रबार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल
पुष १९, २०८१ शुक्रबार