संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदीय उपसमिति बनाएर अगाडि बढाइने
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १४:२५:५४
३१ वैशाख, काठमाडौं । आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दुई ठूला नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका नेतृत्वबीच संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको विषयगत समितिअन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने सहमति भएको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली तथा दलका अन्य नेताहरू सहभागी थिए ।
सत्ता पक्षले विधेयकलाई संसदबाट फाष्ट ट्रयाकमा पारित गराउने पक्षमा जोड दिँदै आइरहेका बेला एमालेले संसदीय समितिमा ल्याएर दफावार छलफल गर्नुपर्ने अडान राख्दै आएको थियो । यस्तो अवस्थाबीच आज बसेको बैठकमा संसदले गठन गरेको समितिभित्र उपसमिति बनाएर अगाडि बढाउने सहमति जुटेको हो ।
विधेयकलाई संसदको हिउँदे अधिवेशनको अन्तिम बैठक वैशाख १५ ले कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको थियो । विधेयकमा मुख्य गरी मानव अधिकारको उललंघन र गम्भीर उल्लंघन प्रस्तावमा दलहरुबीच फरक मत छ । यो विधेयक १० वर्षे सशस्त्र द्वन्द्वका घटनासँग सम्बन्धित छ ।
द्वन्द्वका घटनालाई लिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा फौजदारी कसुरमा मुद्दा परेपछि सरकारले हतार हतार ल्याएको हो । द्वन्द्व स्थगन भएको १६ वर्ष बित्दा समेत द्वन्द्वकालीन घटनाका पीडितले न्याय नपाएको भन्दै संक्रमणकालीन न्यायसम्बन्धी विषय निरुपणका लागि बनाइएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका सट्टा नियमित अदालतमा मुद्दा पर्ने थालेपछि दलहरु कानून बनाउन तातेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार