सार्वजनिक लेखासहित तीन समिति एमालेलाई दिने सहमति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १५:११:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb_bG7a8pBFg2_lLOL8zCpAy.jpg)
३१ वैशाख, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिसहित अन्य दुई समितिको नेतृत्व पाउने भएको छ । संघीय संसद्का समिति सभापति चयन गर्ने र विचाराधीन विधेयक अगाडि बढाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच सहमति जुटेको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति जुटेको हो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सार्वजनिक लेखा समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति र प्रतिनिधिसभाको एक थप समितिको सभापति एमालेबाट हुने सहमति भएको हो ।
बाँकी आठ समितिका सभापति सत्तारूढ दलहरूबाट हुने सहमति भएको छ । संसदीय सुनुवाइ समिति कांग्रेसले सभापति लिने सहमति भएको छ भने संसदीय सुनुवाइ समितिमा नाम दिने सहमति पनि भएको छ । विषयगत समितिको काम भोलिदेखि नै अगाडि बढाउने विषयमा तीन दल सहमत भएका छन् । अन्य जति पनि विधेयक समितिमा गएका छन् ती सबै प्रक्रियाअनुसार अगाडि बढ्इने भएको छ ।
आजको बैठकमा संक्रमणकालीन विधेयक कानुन समितिमा गएको छ । त्यो समितिले उपसमिति बनाएर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउने कुरा भएको छ । अरू विधेयक प्रक्रियामा अगाडि बढ्ने कुरा भएको छ । यी कामका सन्दर्भमा समस्या वा थप छलफल गर्नुपर्ने भए सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डेले छलफल गरेर मिलाउने कुरा भएको छ ।
संवैधानिक परिषद् सम्बन्धी विधेयक पनि मिलाएर अगाडि लैजाने सहमति भएको नेम्वाङले जानकारी दिए । संवैधानिक परिषद् विधेयकमा पुरानै व्यवस्था राख्ने सहमति भएको उनले बताए । संविधानका आधारभूत विषय कार्यान्वयन गर्न सत्ता र प्रतिपक्षबीच समझदारी हुनुपर्छ भन्ने नेताहरु सहमति नजिक पुगेका छन् । यसअघि सहमति नजुटका कारण संसद्को काम कारवाही अगाडी बढ्न सकेको थिएन् ।
छलफलमा संवैधानिक परिषदसम्बन्धी विधेयक अध्यक्ष ओलीले मिलाएर लैजाउँ भन्ने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीले पनि मिलाएर जान तयार भएको र पुरानै कुरा लैजाने बताएका थिए । समितिहरूका कामलाई पूर्ण क्षमतामा अगाडि बढाउन सहमति भएको छ । भोलिदेखि ज्येष्ठ सदस्यहरूले समिति काम अगाडि बढाउने सहमति भएको छ ।
तीन दलबीच सहमति भएअनुसार काम भएमा संसदीय समिति तत्काल संचालनमा आउनेछन् भने संसदीय सुनुवाइ समितिले पनि पूर्णता पाउनेछ । संसदीय सुनुवाइ समितिले पूर्णता पाएपछि प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको सुनुवाइ भएर नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार
ईयूको सहयोगमा क्रिएसनद्धारा १ करोड २० लाख बराबरको अनुदान दिने घोषणा
असार २०, २०८१ बिहिबार
जिपी फाउण्डेशनले सुनसरीमा मनायो गिरिजाप्रसादको जन्मसताब्दी
असार २०, २०८१ बिहिबार