शेयरबजार दोहोरो अंकले घट्यो, ९० करोड माथिको कारोबार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १५:३५:४८
३१ वैशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । आइतबार नेप्से सुचकमा १६.९६ अंकले ओरालो लागि १८२१.६४ विन्दुमा आएर रोकिएको छ।
यता ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३.५२ अङ्कले घटेर ३४९.५८ विन्दुमा पुगेको छ। आज नेप्से सुचकको ४० कम्पनीमा वृद्धि भएको छ । १६९ कम्पनीमा ओरालो लागेको छ भने ९ कम्पनी स्थिर रहेको छ ।
यसअघि बिहीबार नेप्से सुचकमा ३.३४ अंकले ओरालो लागि १८३८.५९ विन्दुमा आएर रोकिएको थियो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता शेयर खरिद बिक्री हुँदा ९० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट ५ करोड ३७ लाख माथिको कारोबार भएको छ । यसैगरी हिमालय डिस्टिलरी र एनआइसि एशियाको ४ करोडमाथिको कारोबार भएको छ। यता १३ उपसुचकहरु मध्ये इन्भेष्टमेन्ट सुचक १.१३ प्रतिशतले वृद्धि भएको र बाँकी सबैभन्दा उपसुचकहरु घटेको छ । आजको कारोबारमा आत्म निर्भर लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले शेयर मूल्य बढेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
३१ अंकले घटेर २७०० तल झर्यो नेप्सेः सबै सूचक घटे, ८ अर्ब २५ करोडमाथि भयो करोबार
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
मंसिर १०, २०८१ सोमबार