दृष्टिविहीन दम्पतीको पीडा : अगरबत्ती बेचेर जीविकोपार्जन
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १५:४२:४२
३१ वैशाख, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया बस्तीका इन्द्र राना र उहाँकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती बिक्री गरेरै जीविकोपार्जन गर्दै आएको छ । दृष्टिविहीन दम्पती अगरबत्ती बिक्री गर्न कञ्चनपुरदेखि झापासम्म पुग्ने गरेका छन् ।
मुक्तकमैया राना दम्पतीलाई सरकारले पाँच कठ्ठा जमिन उपलब्ध गराएको छ । तर जग्गाबाट आम्दानी भने केही गर्न सकेका छैनन् । आर्थिक अवस्था निकै कमजोर भएपछि इन्द्र र इनावरी पछिल्लो समय अगरबत्तीको व्यापार गर्न थालेका छन् । त्यसैबाट हुने आम्दानीको भरमा उनीहरुले जीविका चलाएका छन् । डाँफे अगरबत्ती उद्योगबाट अगरबत्ती लिएर बिक्री गर्न देशभर जाने गरेको इन्द्रले बताए ।
“दैनिक रु चारहजारदेखि रु पाँच हजारसम्मको अगरबत्ती बिक्री हुन्छ”, महेन्द्रनगर बजारमा अगरबत्ती बिक्री गर्दैगरेको अवस्थामा भेटिनुभएका उहाँले भने–“आर्थिक अभावका कारण इनावरी (श्रीमती)लाई पढाउन सकिन ।” इनावरीले कक्षा १२ मा पढाइ छाडेको इन्द्र बताउछन् ।
यसअघि इन्द्रले केहीवर्ष घर नजिकैको झलारी बजारमा माछाको पसलमा काम गरेको थियो । त्यहाँ उनले माछा काटकुटको काम गर्थे । त्यसैवापतको पारिश्रमिकबाट राना दम्पतीले घरखर्च चलाएको थियो ।
सुरुआतमा इनावरीले अगरबत्ती बिक्री गर्न थालेको हो । पछि उनीसँगै इन्द्रले पनि अगरबत्ती बिक्री गर्न थाले । “उद्योगले बिक्री भएको अगरबत्तीको २० प्रतिशत मुनाफा हामीलाई दिने गरेको छ”, इन्द्रले भने– “दिनभरी बजार र दैलोदैलोमा अगरबत्ती बिक्री गर्र्छु, साँझ नजिकैको धर्मशालामा रात कटाउने गरेको छु ।”
धेरैले शारीरिक अशक्तता देखेरै पनि अगरबत्ती खरिद गर्ने उनले अनुभव सुनाए । दृष्टिविहीन भएपनि आत्मनिर्भर बन्नकै लागि अगरबत्ती बेच्ने गरेको इन्द्रको भनाइ छ । “केही काम नगरी सुखै छैन, बाँच्नका लागि केही न केही त गर्नै प¥यो”, रानाले भने–“अगरबत्ती बेच्न जाँदा डो¥याउने व्यक्तिको व्यवस्था पनि उद्योगले नै गरिदिएको छ ।”
महेन्द्रनगरमा भने इन्द्र आफ्ना १३ वर्षीय भतिजा आर्यनको सहारामा आएको थियो । अगरबत्ती बेच्न इन्द्र झापा, धरान, विराटनगर, काठमाडौं, धनकुटालगायत सहर पुगिसकेको छ । हाल इनावरी अगरबत्ती बेच्न काठमाडाँै गएको उनले बताए । “म महेन्द्रनगर आएँ, इनावरी काठमाडौँतर्फ लागिन, म पनि छिट्टै अगरबत्ती लिएर काठमाडौँ जाँदै छु ।”
राना दम्पतीको मुक्तकमैया शिविरमा सानो घर छ । घर रेखदेखको जिम्मा दुई छोरालाई लगाएर दुवैजना अगरबत्ती बिक्री गर्न देश दौडाहामा निस्कने गरेका छन् । आर्थिक अभावकै कारण दुवै छोरालाई पढाउन नसकेको उनीहरु बताउँछन् । दृष्टिविहीन दम्पतीले कुनै पनि निकायबाट हालसम्म सहयोग नपाएको गुनासो गरे । स्थानीय तहबाट आयआर्जनको काम पाउन सके सहज हुने राना दम्पती बताउँछन् ।
दिनभरी अगरबत्ती बिक्री गर्दा रु पाँच सयसम्म कमाउने गरेको इन्द्र बताउछन् । “अगरबत्ती उद्योगले एक छाक खानाको खर्च दिन्छ”, उनले भन्नुभयो–“यसबाट जेनतेन गुजारा चलेको छ ।” एक प्याकेट अगरबत्तीको मूल्य रु ५० देखि रु एक सय ५० सम्म रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजन्मदिनको अवसरमा सिन्दुरेघारी चाँदी खोला छेउमा वृक्षारोपण
असार २०, २०८१ बिहिबार
अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग
असार १८, २०८१ मंगलबार
तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका
असार १७, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
वर्षाले हिलाम्मे काठमाडौंका सडक ( फोटो फिचर )
असार २०, २०८१ बिहिबार
बाढी प्रभावित भन्छन्ः - 'बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो'
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार