मध्यपुर थिमिमा बः फेस्टिभल हुने
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १६:३३:३१
३१ वैशाख, भक्तपुर । सिथिनखको अवसरमा भक्तपुरको मध्यपुर थिमि दुईपोखरीमा बः फेष्टिबल हुने भएको छ । मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफुलाइ मनपर्दो अण्डा, मासु तथा मरमसला मिलाइ तावामा विभिन्न आकार प्रकार दिई पकाइने खाना बः को नाममा सो फेस्टिबल हुन लागेको हो । मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर पर्यटन विकास समिति संयोजनमा जेठ ६ गते शनिबार सो फेष्टिभल हुनेछ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अनुसार नेवाः समुदायको अन्य विभिन्न परिकार र खानाको स्वाद चखाउने र सो खानाको बारेमा आन्तरिक र वाह्य पर्यटकलाई विशेष जनाकारी गराई मध्यपुर थिमिलाइ पर्यटकिय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरी स्थानिय समुदायका आय आजन गर्ने उद्देश्य लिइ बः फेस्टिभल गर्न लागिएको हो ।
मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले फेस्टिभलले मध्यपुरका जनतालाइ आय आर्जन गराउने र समृद्ध मध्यपुर बनाउने अभियानलाई सार्थक बनाउने विश्वास व्यक्त गरे । मध्यपुरमा अनवरत रुपमा रहेका प्राकृतिक सौन्दयता, विभिन्न पर्यटकिय आकर्षण कला संस्कृति र सम्पदा, कलात्मक मठ मन्दिर, पाटी पौवा, सत्तल, बिहार र कैयौ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुताको बस्ती र स्मारक क्षेत्र देश विदेशको कुनाकाप्चा पुरयाइने छ ।
मध्यपुर पर्यटन विकास समितिका संयोजक रमेश प्रजापतिले पर्यटकहरुलाई तथा आन्तरिक पर्यटकहरुलाई देखाउनको निमित्त फेष्टिबल हुन लागेको बताए । मध्यपुर थिमि न।पा।को पाँच लाख सहयोगमा दुईलाख स्वतःस्फुर्त रुपमा भएको सहयोग स्वरूप बः फेस्टिभल गर्न गइरहेको उनको भनाइ छ । मध्यपुर थिमि नगरपालिका–४ दुईपोखरीमा सो कार्यक्रम हुनेछ । जेठ ५ गते शनिवारको दिन बिहानको १० बजेदेखि बेलुकाको ७ बजेसम्म हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘गुगल प्लस कोड’ सहितको ‘डिजिटल’ सडक चोक पहिचान तथा घर नम्बर शुभारम्भ
पुष १८, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
नेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
एमाले नेता एवं लेखा समिति सभापति पोखरेलका निजी सचिवमाथि पनि ३८ लाख ठगेको आरोप
पुष १९, २०८१ शुक्रबार
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
धौलागिरि हिमशृङ्खला
पुष १९, २०८१ शुक्रबार
अत्यधिक चिसो बढ्दा जनजीवन प्रभावित
पुष १९, २०८१ शुक्रबार