नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्न दिँदैनौं : स्वर्णिम वाग्ले
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १६:३९:४६
३१ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्न कुनैपनि हालतमा नदिने अठोट व्यक्त गरेका छन् ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सांसद वाग्लेले नेपालीलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउनर रचिएको प्रकरण रकम ठगी मात्र नभई कीर्ते, मानव तस्करी तथा संगठित अपराध भएको र यसलाई रास्वपाले त्यत्तिकै सामसुम हुन नदिने अठोट व्यक्त गरेका हुन् । प्रकरण राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्धि र मान्यताहरुविरुद्ध भएकाले यसलाई टुंगोमा सबैको दायित्व भएको बताए । प्रकरणले विदेशमा बसेका नेपालीलाई मात्र नभई विभिन्न मुलुकमा पुनर्वास भएर बसिरहेका शरणार्थीलाई समेत अघात पुर्याएको उनको भनाइ थियो ।
‘यो प्रकरणले नेपाली मुलका नागरिक र विभिन्न देशमा बसिरहेका नेपाली नागरिकहरुको आत्मसम्मानमा गम्भीर चोट पु्र्याएको छ । यो राष्ट्रकै सरोकारको भएकाले सामसुम हुन दिनु हुँदैन’ उनले भने । उनले प्रकरणमा ठूला पार्टीका नेताहरु मुछिररहेका बेला मुख्य दलका नेतृत्वबीच भइरहेको दिनदिनै भेटवार्ता र छलफलले जनतामा प्रकरणमा दोषीलाई उन्मुक्ति पाउने हुन् कि भन्ने आशंका पैदा गरिदिएको उनले बताए ।
तीन पार्टीका ३ नेताले प्रकरणलाई टालटुल पारेर राष्ट्रलाई धोका दिने काम भएमा जनघाती र भ्रष्टाचारीले समाजमा निष्फिक्री तैनाथ हुने उनले बताए । ‘पुरानो एकदमै भ्रष्ट भनिएर चिनिएका पात्रले पनि आएर खुलेआम रुपमा छाती पिटदै प्रमाणित गरेर देखाउ भनेर जेल हाल्न चुनौती दिनसक्ने अवस्था कसरी आयो ?’ उनले आरजु राणप्रति लक्षित गर्दै प्रश्न गरे । उनले भ्रष्टाचारीले ठगी र घुस रकम खाडलमा गाडेर राखिएको हुन सक्ने भन्दै पत्ता लगाउनुपर्ने बताए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै झण्डै दुई दर्जन व्यक्ति सम्मिलित गिरोहले ८ सयभन्दा बडी सर्वसाधारणबाट करोडौं रुपैयाँ असुलेको तथ्य खुलेपछि १२ जनालाई पक्राउ प्रहरीले पक्राउ गरिसकेको छ । अन्य ४ जनालाई पक्राउका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गरिसकेको छ ।
पक्राउ पर्नेमा गिरोका नाइके केशव दुलालदेखि पूर्वगृहमन्त्री बालकृष्ण खाणसम्म र फरार पूर्वमन्त्री समेत रहेका एमालेका सांसद टोपबहादुर रायमाझीदेखि पूर्वसांसद रहेका छन् । प्रकरणलाई निष्पक्ष छानबिन गरेर जुनसुकै तहका आरोपित व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन मागसहित राजनीतिक दल, तिनका भातृ संगठन, नागरिक समाज, अधिकारीकर्मीहरुले दिनहुँ प्रदर्शन गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार