भारतबाट दिनहुँ आउने जङ्गली हात्ती रोक्न संयुक्त गस्ती
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १६:४७:०
३१ वैशाख, झापा । भारतबाट दिनहुँ आउने जङ्गली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्ने गरिएको छ ।
डिभिजन वन कार्यालयका कार्मचारी, सशस्त्र प्रहरी र स्थानीयवासीले हात्तीलाई गाउँ पस्न नदिन संयुक्त गस्ती सुरु गरेका वडा नं ४ का अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । उनले दैनिक भारततर्फबाट बाहुनडाँगीको विभिन्न गौँडा प्रयोग गरेर नेपाल प्रवेश गर्ने हात्तीले पाकेको मकै, सुपारी र बाँस क्षति पुर्याउन थालेका छन् ।
बाहुनडाँगीमा विद्युतीय घेरबार समेत तोडेर हात्ती गाउँ पस्ने गरेका छन् । “घेरबार मर्मत गरिरहेका छौँ”, उनले भने, “तर हात्तीले भत्काएर बस्ती पस्ने गरेका छन् । रोक्नका लागि गस्ती गरिरहेका छौंँ ।”
विद्युतीय घेरबार भएको सबै क्षेत्रमा बाटो नहुँदा गस्ती गर्न समस्या भएको कार्कीले बताउनुभयो । प्रकृति संरक्षण कोषले बाहुनडाँगीमा हात्ती द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले २०७२ सालमा तिरिङदेखि नकलबन्दासम्मको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारवार निर्माण गरेको छ ।
हाल सोही तारबार मेचीनगर नगरपालिकाको रु १८ लाख र डिभिजन वन कार्यालयको रु पाँच लाखको लागतमा मर्मत भइरहेको छ । डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले दैनिक साँझपरेपछि साइरनसहितको गाडी बाहुनडाँगी क्षेत्रमा हात्ती धपाउन पठाउने गरेको बताए ।
“जिल्लाका अन्य क्षेत्रमा भन्दा बाहुनडाँगीमा हात्तीले दुःख दिने गरेका छन्”, उनले भने, “स्थानीयवासी र प्रहरीसँगको साझेदारीमा गस्ती गरिरहेका छौँं ।” गस्ती टोलीले भारतबाट आउने हात्तीलाई उतै फर्काउने गरेको राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार