भत्किएको पुलमुनि सांसद सञ्जयकुमार गौतमको आमरण अनशन

नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १७:०:१
३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद सञ्जयकुमार गौतम आमरण अनसनमा बसेका छन् । सदन र सडकबाट माग पूरा गराउन पटक-पटक पहल गर्दा पनि सरकारले नसुनेपछि सत्तारुढ नेपाली कांग्रेसका सांसद गौतमले भत्किएको पुलमुनि आमरण अनशन सुरु गरेका हुन् ।
समस्त बर्दियाका जनताका तर्फबाट विकास निर्माणसँग सम्बन्धित विभिन्न १५ बुँदे माग राखेर नेपाल सरकारलाई ध्यानाकर्षण गराउन पूर्वमन्त्रीसमेत रहेका सांसद गौतम शनिबारदेखि अनशन बसेका हुन् । उनले जब्दीघाटको भत्किएको पुलमुनि अनशनलाई जारी राखेका छन् । यो पुलका संरचना हटाएर तत्कालै नयाँ पुल बनाउनसमेत उनले अनशन मार्फत माग गरेका छन् ।
बबई नदीमाथि बनेको जब्दीघाटको भत्किएको पुलमुनि टेन्ट टाँगेर अनसनमा बसेका गौतम भन्छन्, "मैले पटक पटक सदन र सडकबाट पहल गर्दा पनि सरकारले नसुनेपछि आमरण अनशन सुरु गरें । जनताको अकल्पनीय साथ पाएको छु ।" आफ्ना माग पूरा नभएसम्म आफूले आमरण अनशन जारी राख्ने गौतमले बताएका छन् । उनी भन्छन्, "मैले राखेका मागमा नेपाल सरकार गम्भीर बनोस् । ती मागहरु पूरा गरोस् । बर्दियालाई, बर्दियाका जनतालाई अपहेलित नगरोस् ।"
बर्दिया सदरमुकाम जोखिममा रहेकोले तत्काल तटबन्धनको बाँकी काम पूरा गर्नुपर्ने, बबई सिँचाइ आयोजना ३ वर्षभित्र पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ–तेलपानी–सुर्खेत सडक खण्ड निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरू गर्न उनले सरकारसँग माग गरेका छन् । पुल पप्पु कन्ट्रक्सनको लापरवाहीले भत्किएको हो ।
सांसद गौतम अनसन बसेको जब्दीघाटको पुल भत्किएको सात वर्ष भइसक्यो । बबई नदीका कारण सदरमुकाम जोखिमपूर्ण अवस्था छ । बर्षादमा बाढी आउँदा भत्किएको पुलको स्पानले नदीमा बाँधजस्तो बनेकाले वर्षाको बाढी बस्तीमा पस्छ । सदरमुकाम गुलरियालगायतका बस्तीमा डुबान हुन्छ । सुशील कोइराला प्रधानमन्त्री भएको बेला बाढी पीडितलाई राहत दिने भनिएको थियो । तर बर्दियावासीले अहिलेसम्म पाएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार