कृषिविज्ञ मदन राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १७:१२:४९
३१ वैशाख, काठमाडौं । बाल यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका कृषि विज्ञ भनेर चिनिने खोटाङका मदन राईलाई ७ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत खोटाङले अनुमति दिएको छ ।
उनी आफैंले संचालन गर्दै आएको शुभद्र मदन फाउण्डेशनका बालबालिकालाई यौन दुव्यर्वहार र अश्लिल गतिविधि गरेको आरोपमा राईलाई शुक्रबार पक्राउ गरिएको थियो । ७५ वर्षीय राइईमाथि अश्लिल गतिविधि र यौनजन्य कुराकानी गरेको आरोप छ ।
भिडियो सार्वजनिक भएपछि उनले आफू उमेरले धेरै भइसकेको र आफूले गरेको गतिविधि र कुराकानीलाई हिंसाको रुपमा नभई शिक्षाको रुपमा लिन आग्रह गरेका थिए । उनले बालबालिकालाई कृषिसम्बन्धी विभिन्न काममा लगाउने, उत्पादनबारे प्रयोगात्मक शिक्षा दिने गर्दै आएपनि पछिल्लो समयमा प्रजननसम्बन्धी विषयमा नाबालिगहरुलाई अश्लिल र ‘फोहोरी’ शब्दवालीमार्फत वा आफैं नघ्न बनेर ‘अनुभूत’ गराउने तथा मसाज गराउने गरिएको भडियो बाहिरिएको थियो ।
सोपछि उनको हर्कको विरोध गर्दै उनलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दै बालबालिका संरक्षणसम्बन्धी काम गर्ने विभिन संघ संगठनहरुले विज्ञप्ति निकालेर विरोध गरेका थिए । त्यसपछि उनले आफूले हिंसा नगरेको, बरु शिक्षा सिकाएको दाबी गर्दै जेल बस्नै परे बस्न तयारी रहेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार