खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति, थपिएको समयभित्र अनुसन्धान सक्न निर्देशन
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १७:२८:३८
३१ वैशाख, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनीहरुलाई प्रहरीले म्याद थपका लागि लगेको थियो । यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् ।
जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले ४ दिन म्याद थपका लागि जिल्ला अदालतसमक्ष प्रस्ताव पेस गरेको थियो । केही आरोपितका वकीलहरुले थुनामा नराखी हाजिर जमानीमा छाडेर अनुसन्धान गर्न सकिने भन्दै म्याद थप्न आवश्यक नरहेको बहस गरिरहेका थिए । उनीहरुको बहस सकिएपछि जिल्ला अदालतले म्याद थप गर्ने/नगर्ने वा क–कसका हकमा कति दिन थप गर्ने भन्ने निर्णय दिनेछ ।
सरकारी वकिलको कार्यालय, काठमाडौंले पनि अनुसन्धान सकेर ४ दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न निर्देशहन दिएको छ । सरकारी वकिलको कार्यालयलाई यो मुद्दा ६० दिनभित्र अदालतमा पुर्याउन अध्ययनको लागि पनि समय चाहिने भएकाले चार दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन भनिएको कार्यालयले जनाएको छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रकम असुलेको आरोपमा उनीहरुलाई विभिन्न मितिमा प्रहरी पक्राउ गरेको थियो । यस प्रकरणमा पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राईलगायत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार