सरकारी वकिलको कार्यालयमा खाँणको बयान लिन सुरु
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार ११:३२:१९
१ जेष्ठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले सोमबार पनि बयानका लागि सरकारी वकिलको कार्यालय बबरमहल पुर्याएको छ । उनले अहिले सरकारी वकिलसमक्ष बयान दिइरहेका छन् ।
पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार चार दिनको म्याद थप गरिएको थियो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणमा पूर्वगृहमन्त्री खाँणको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनी गत हप्ता पक्राउ परेका थिए ।
यही प्रकरणमा मुछिएपछि फरार रहेका एमालेका सांसद एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले हिजो रातीमात्र बुढानिलकण्ठबाट पक्राउ गरेको छ । प्रकरणमा हालसम्म १३ जना पक्राउ परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरबाट ६ किलो गाँजासहित एक जना पक्राउ
माघ ८, २०८१ मंगलबार
ठगीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
माघ ८, २०८१ मंगलबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार