नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद रायमाझीलाई काठमाडौं अदालत लगियाे
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार ११:५६:४०
१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणका फरार आरोपी टोपबहादुर रायमाझीलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
काठमाडौं प्रहरीको सोह्रखुट्टे वृत्तको हिरासतमा राखिएका उनलाई केहीबेर अघि मात्र प्रहरीले अदालतमा उपस्थित गराएको हो । प्रकरणमा सहयोग पुर्याएर मतियारको भूमिका खेलेको आरोपमा उनलाई आइतबार राति बुढानिलकण्ठबाट पक्राउ गरिएको थियो । उनको स्वास्थ्य परीक्षण गएराति नै गराइसकिएको छ ।
आरोपमाथि अनुसन्धान गर्न हिरासतमा राख्नका लागि अदालतबाट प्रहरीले १० दिनको म्याद गर्ने बुझिएको छ । यद्यपि यसघि पक्राउ परेका उच्च उपदस्थ अभियुक्त कांग्रेसका नेता बालकृष्ण खाणलाई पहिलोपटक ४ र दास्रोपटक आइतबार ४ दिनसमेत गरी ८ दिन म्याद दिएको छ ।
प्रकरणमा मुछिएका रायमाझीका पुत्र सन्दीपलाई भने प्रहरीले गएको वैशाख २० गते नै बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याई अुनसन्धान जारी राखेको छ । प्रकरणमा टोपबहादुरसहित १३ जनालाई पक्राउ परिसकेको छ ।
प्रकरणमा मुछिएका अन्य ३ जना भने अझै पक्रउ पर्न सकेका छैनन् । फरार हुनेहरुमा निरज सिंह राई, प्रतीक थापा र आङटावा शेर्पा रहेका छन् । ति ३ जनामध्ये शेर्पा पूर्वसभासद हुन् । शेर्पाले गत चैत १८ गते प्रकरणका मुख्य नाइके केशव दुलाललगायतसँग हिरासतमा भेट गरेर बयान प्रभावित तुल्याएको र केही पीडितहरुको पैसा समेत फिर्ता गरेको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार