आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु, दर्ता नभएका मोबाइल नचल्ने
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १२:१८:५३
१ जेठ, काठमाडौं । सरकारले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू गरेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडीएमएस लागु भएको जनाएको छ । मोबाइल फोनको अवैध आयात र बिक्रीवितरण रोक्न भन्दै सरकारले एमडीएमएस लागू गरेको हो ।
प्राधिकरणका अनुसार नेपालमा आयात र प्रयोग गरिने मोबाइल सेट एमडीएमएस प्रणालीमा दर्ता नगरे ती अवैध हुनेछन् भने फोन समेत चल्ने छैन् । यसमा दर्ता नभएकालाई मोबाइल नेटवर्क सेवा प्राप्त हुँदैन । यसअघि प्रधानमन्त्रीकै निर्देशनमा एमडीएमएस प्रणालीको कार्यान्वयन रोकिएको थियो । बैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले पुनः यो प्रणाली लागु गर्ने निर्णय गरेको थियो ।
प्राधिकरणले यसअघि ०७८ साउन र ०७९ भदौमा पनि एमडीएमएस प्रणाली आंशिक रूपमा लागू गरेको थियो । ०७९ पुस १५ बाट भने पूर्ण रूपमा प्रणाली लागू गर्ने भनिएको थियो । तर वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकले ल्याएका मोबाइल फोनको पनि कर र भन्सार शुल्क तिर्नैपर्ने विषय विवादमा आएपछि यो रोकिएको थियो । दुई वटा मोबाइल सेट ल्याउन नपाउने कुराको आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल प्रणाली लागू नगर्न निर्देशन दिएका थिए ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँचपास भएका मोबाइल सेट एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने नियम बनाइएको छ । यता, भन्सार विभागले भने दुई वटा फोनमा भन्सार शुल्क नलाग्ने सुविधा विदेशबाट फर्किने जोकसैका लागि नभएको बताएको छ । विभागले सार्वजनिक गरेको सूचनाअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा ६ महिना लगातार काम गरेर फर्किएका नेपाली नागरिकले मात्रै दुई थान मोबाइल फोन ल्याउँदा पाउने छन् ।
प्राधिकरणका अनुसार हालसम्म २७ हजार थान मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएका छन् । ४० लाख मोबाइल सेटको आईएमईआई नम्बर दर्ता नभएको अनुमान गरिएको छ । प्रणालीमा दर्ता भएका आईएमईआई नम्बरका आधारमा बनाइएका ह्वाइट, ग्रे र ब्ल्याक लिस्टमध्ये ७९ हजार आईएमईआई ग्रे लिस्टमा रहेको प्राधिकरणको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार