रेशम चौधरी लगायत १० जनाको मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १२:३३:७
१ जेठ, काठमाडौं । रेशम चौधरीलगायत दर्जन जनासँग जोडिएका टीकापुर घटनाको मुद्दामा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ सुरु भएको छ ।
कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग मुद्दामा न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेकाे छ ।
यो मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालतले भने उनीहरूलाई दोषी ठहर गरेर जेल थुनामा पठाएपछि उनीहरूले सर्वोच्चमा पुनरावेदन गरेका थिए । सुनुवाइ सकिएमा आजै फैसला आउने अनुमान गरिएको छ । पुनरावेदन छुट्टाछुट्टै दर्ता भएपनि एकै इजलासमा सुनुवाइ सुरु भएको हो ।
यता सरकारले टिकापुर घटनाका दोषीलाई रिहाईमा सहयोग पुग्ने गरी सरकारले विधेयक संसद्मा दर्ता गराएको छ । सर्वोच्चले पनि उनीहरूलाई दोषी ठहर गरेमा भने विधेयक निकम्मा सावित हुनेछ । टिकापुर घटनामा दोषी ठहर भएका रेशमसहित १२ जनाको पुनरावेदन रिटमा सुनुवाइ सुरु भएको हो ।
जेलमा रहेका रेशमकै योजनामा गत १५ महिना पहिले गठन भएको नागरिक उन्मुक्ति पार्टीले वैशाखको स्थानीय तह र मंसिरको आम निर्वाचनमा राम्रै सफलता हासिल गरेको छ । अहिले उनकी श्रीमती रञ्जिता श्रेष्ठ प्रचण्ड नेतृत्वको सरकारमा भूमि व्यवस्था मन्त्री छिन् ।
नाउपाले टिकापुर घटनामा मुछिएर जेलमा रहेका सबै कैदीको मुद्दा खारेजी र रिहाइलाई सरकारको समर्थन र सरकारमा सहभागी हुने विषयलाई मुख्य माग बनाउँदै आइरहेको छ । माग सुनुवाइ गर्ने आश्वासनपछि नै श्रेष्ठ मन्त्री बनेकी थिइन् ।
वर्तमान संधिवान जारी हुनु करिब महिना दिनपहिले संविधानप्रति असहमति जनाउँदै २०७२ साउन ७ गते थरुहट राज्यको माग गर्दै कैलालीको टीकापुरमा थारू कल्याणकारिणी सभाको नेतृत्वमा भएको आन्दोलनका क्रममा नेपाली प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको निर्मम हत्या गरेको आरोपमा रेशमसहित दर्जन थारी नेताहरूलाई जिल्ला अदालत कैलालीले दोषी ठहर गरी जन्मकैद सजाय तोकेको छ ।
उक्त सजाय बदरकाे माग गर्दै रेशमलगायतले दराएका पुनरावेदनलाई उच्च अदालतले खारेज गरी जिल्ला अदालत कैलालीको फैसलालाई सदर गर्ने फैसला सुनाएकाे थियाे । सोही फैसला विरुद्ध उनीहरूले सर्वोच्चमा पुनरावेदन गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार