शरणार्थी प्रकरणका दोषीलाई राज्यविरुद्धको अपराध अन्तर्गत कारवाही गरिनुपर्छः नेपाल
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १३:२१:२२
१ जेठ, पर्सा काठमाडौं । नेकपा एकीकृत समाजवाजीका अध्यक्ष माधवकुमार नेपालले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी राज्यविरुद्धको अपराध भएको बताएका छन् । उनले यो ठगी प्रकरणमा सम्लग्न भएका दोषीहरुमाथि पनि राजद्रोह आकर्षित हुने भएकाले उनीहरुलाई यही अन्तर्गत कारवाही हुनुपर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार बिहान वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर एकै व्यक्तिबाट लाखौ ठगी गर्नु सामान्य विषय नभएको भन्दै यस्तो कार्यमा संलग्नलाई हदैसम्म कानुनी कारबाही हुनु पर्ने पनि बताए ।
नक्कली शरणार्थी प्रकरणको गम्भीरता र यसको आयाम व्यापक भएको उनको भनाइ छ । यसमा धेरै अपराध मिसिएको नेपालले बताए । उनले यो ठगी, कीर्ते, भ्रष्टाचार, मानव तस्करी र अन्तर्राष्ट्रिय संगठित अपराधसमेत भएकाले राजद्रोह अन्तर्गत प्रहरीले मुद्दा चलाउनुपर्ने नेपालको भनाइ छ ।
उनलेभने,‘ यी सबैलाई जोडेर हेर्दा यसको गम्भीरता राजद्रोहमै गएर टुंगिन्छ । यसमा सबै अन्तर्राष्ट्रिय सन्धि तथा अभिसन्धिहरू, मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय अभिसन्धि लगायत सबैलाई टेकेर टुङ्गोमा पुर्याउनुपर्छ । यो त अन्तर्राष्ट्रिय अपराध नै हो । आफ्नो देशको नागरिकको पहिचान बदलेर विदेश पठाएर पैसा कमाउन प्रलोभन दिनेहरु अपराधी मात्रै होइनन, राष्ट्रद्रोही पनि हुन ।’ नेपालले देशको नै मान, सम्मान र मर्यादामा आँच पुर्याउनेहरुलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु नहुने भन्दै उनीहरुलाई हदैसम्म कारबाही गर्नुपर्ने बताए ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएकोमा सरकारलाइ धन्यवाद पनि ज्ञापन गरेका छन् । ‘यस प्रकरणलाई लिएर वर्तमान सरकारले जुन तरिकाले काम गरिरहेको छ, यो कार्य र साहसिक कदमको सरहाना गर्दछु,’ उनले भने । उनले जनताको विश्वास जित्दै परिणाममुखी कार्य गर्न पनि सुझाव दिएका छन् ।
‘भुटानी शरणार्थी प्रकरणमा मात्र हैन, कुनै पनि भ्रष्टचारजन्य क्रियाकलापमा संलग्नलाई पक्राउ गरी दण्ड र सजाय दिनुपर्छ, यसमा जनता र हाम्रो पार्टीको साथ र समन्वय र साथ सहयोग रहने नै छ । हामी सरकारको भ्रष्टाचार विरोधी अभियानको साथमा छौं र परेको खण्डमा सहयोग पनि गर्नेछौं, ’उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मंसिर १६, २०८१ आइतबार
अध्यादेशमार्फत सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिने
मंसिर १६, २०८१ आइतबार