काठमाडौंमा ‘भ्रष्टाचार’विरुद्ध एमाले पनि सडकमा
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १३:४२:११
१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भ्रष्टाचारविरुद्ध सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको भोलिपल्टै एमालेले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाइएकोमा एमालेले असन्तुष्टि जनाउँदै आएको छ । प्रदर्शनकारीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर र प्लेकार्ड बोकेका छन् ।
प्रदर्शनमा एमाले नेताहरु महेश बस्नेत, ठाकुर गैरे, विशाल भट्टराई, सुजाता शाक्य, अनेरास्ववियु अध्यक्ष समिक बडाल लगायत सहभागी छन् । एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियूले प्रदर्शन गरेका छन् ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रायमाझी खोजीखोजी पक्राउ गर्नुपर्ने व्यक्ति नभएको बताएका थिए । तर रायमाझी १२ दिनदेखि फरार भई लुकेर बसिरहेको अवस्थामा हिजोराति मात्र काठमाडौंबाट पक्राउ परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार