ठेकेदारले अलपत्र पारेका घोराही–तुलसीपुरको ४ लेन सडकको ठेक्का खारेज
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १७:१०:४७
१ जेठ, दाङ । सरकारले घोराही–तुलसीपुरको चार लेन सडकको ठेक्का खारेज गरेको छ । भारतीय निर्माण कम्पनीले ठेक्का लिएर ४ वर्षदेखि अलपत्र पारेको घोराही–तुलसीपुर सडक ठेक्का रद्द गरेको सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार जानकारी दिएकी छन् ।
सोमबार आफ्नो निर्वाचन क्षेत्र दाङमा पुगेकी मन्त्री शर्माले यो खण्डको ४ लेन सडक निर्माणको सम्झौता भर्खरै खारेज जानकारी दिइन् । उनले ठेक्का खारेजी भएपछि सरकारले सडक मर्मत र निर्माणमा अन्य ठेकेदार ल्याउने बाटो खुलेको पनि बताइन् । ठेक्काको नयाँ प्रक्रिया छिट्टै सुरु हुने पनि जानकारी दिइन् ।
उक्त सडक खण्ड भारतीय एक्जिम बैंकको सहयोगमा बन्न लागेको हो । बनाउने ठेक्का भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । चार वर्षमा बित्दा पनि १० प्रतिशत काम हुन नसकेको र यसबाट स्थानीय धुलोबाट पीडित भएको गुनासो व्यापक बन्दै गएको थियो ।
गाडी गुडदा उड्ने धुलो र रातिको समयमा असुरक्षित सडक कारण धेरै जनाको ज्यान गइसकेको भन्दै स्थानीय र जनप्रतिनिधिहरुले ठेक्का रद्दको माग गर्दै आइरहेका थिए । सडकको काम सडक डिभिजन कार्यालयले वर्षातअघि नै पूरा गर्ने दाबी मन्त्री शर्माले गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार