इन्टरनेटको मूल्य नबढाउन सेवा प्रदायक कम्पनीहरूलाई दूरसंचार प्राधिकरणको निर्देशन
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १७:४२:४१
१ जेठ, काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई इन्टरनेट सेवाको शुल्क नबढाउन निर्देशन दिएको छ । मिलेमतोमा शुल्क बढाउन खोजिएको भन्दै बढाए कारवाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले सहमतिमा इन्टरनेटको शुल्क बढाउँदै आएकामा र मनोमानी ढंगले शुल्क बढाउने काम दूरसंचार ऐन र प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐनविपरीत हुने स्पष्ट पारेको छ ।
इन्टरनेट सेवा प्रदान गरेबापत ग्राहकसँग लिने शुल्क तथा महसुल दर अनिवार्यरुपमा प्राधिकरणबाट स्वीकृत गराएर मात्रै लिन पाइने स्पष्ट पार्दै बिना स्वीकृति कुनैपनि शुल्क नउठाउन चेतावनी दिएको हो ।
‘इन्टरनेट सेवाको विद्यमान स्वीकृत शुल्करमहशुलदर भन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना वा निर्देशन जारी गरेको छैन’ विज्ञप्तिमा उल्लेख छ ।
केही समययता इन्टरनेट सेवा प्रदायक कम्पनीहरु इन्टरनेटको मूल्य बढाउने तयारीमा जुटेका छन् । बढाउने चर्चा समेत चलाउन थालेपछि प्राधिकरणले चेतावनी दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार