मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि, वैशाखमा सवा लाख बढीले लिए सेवा
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १७:४७:४९
१ जेठ, काठमाडौं । गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिड यताकै सबैभन्दा बढी भएको छ। ‘कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको छ।
अहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले सेवा लिँदै आउनुभएको छ,’ संचालक श्रेष्ठले भने। वैशाखभर एक लाख २६ हजार यात्रुले केबलकार सेवा लिएको छन् ।
उनका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको छ। आउँदो असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको उनले बताए।
वैशाखसम्म कुल यात्रुमध्ये नेपाली ७१.१७५ ९६ लाख १९ हजार ३७३० र भारतीय २४.१०५ ९ २ लाख ९ हजार ७४३० रहेको उनले जानकारी दिए।
पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भएको उनले बताए।
कम्पनीले मनकामना केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ। केबलकारको टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहेको छ। यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार भएको कम्पनीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार