उपप्रधान तथा गृहमन्त्री बनेका व्यक्तिहरु नै पैसामा बिक्नु लज्जास्पद : विप्लव
बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएकाे तर्क
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १८:१३:४१
१ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशमा उपप्रधान तथा गृहमन्त्री बनेका व्यक्तिहरु दुई कौडीको लोभमा विदेशी दलालको चंगुलमा बिकिरहेको बताएका छन् ।
उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी परिचय पत्र दिलाएर अमेरिका उडाउने भनी सर्वसाधारणसँग करोडौं रुपैयाँ ठगेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधान तनथा गृहमन्त्रीप्रति लक्षित गर्दै उनले रुपैया देश चलाउने ठाउँमा पुगेका व्यक्तिहरु दुई चार करोडमा बिक्री हुने कुराले देशलाई लज्जित बनाएको बताए । आरोपमा एमालेका सांसद एवं पूर्वउपप्रधान तथा मन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकुष्ण खाणसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
यस्तै महाििचव विप्लवले शिक्षालाई व्यापारको वस्तु बनाउने काम बहुदलीय व्यवस्थाले गरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले बहुदलीय व्यवस्थाले नागरिकको भलो कहिल्यै नगर्ने बताउँदै शिक्षामा गरिबलाई चर्को शुल्क असुलेर चरम शोषण गरिरहेको बताए । उनले बहुदलीय व्यवस्थाले शिक्षालाई बजारीकरण गर्दै नाफा र घाटाको अवस्थामा हेर्ने बनाएको बताए । बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरु नाफा घाटा मात्रै हेर्ने उनको भनाइ थियो ।
‘शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार हो । तर यो व्यवस्थाले शिक्षालाई बजारको वस्तु बनाइदियो । बजारमा पुगेको शिक्षाले नाफा घाटा मात्रै हेर्छ, समानता र अधिकार हेर्दैन‘ उनले भने ।
‘आज नेपालमा मुठीभर मान्छेका छोराछोरीहरुले मात्रै लाखौँ खर्च गरेर पढ्नपर्नु र सामान्य नागरिकले पढ्न नपाउने, जिन्दगी नै बर्बाद हुने निराशातिर धकेलिने अवस्था देखापरेको छ’ उनले भने ।
२१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी रहेको र यसलाई लुटेराहरुको शताब्दी हुन नदिने प्रतिवद्धता व्यक्त गरे । युवाहरु शिक्षामा मात्र नभई देशबाटै लुटेरा र शोषकहरुको दबदबा चिर्नेगरी अघि बढ्न जरुरी रहेको बताए । युवाहरु निराश र वितृष्ण भएर बस्न नहुने उनको भनाइ थियो ।
सरकारले युवाहरुलाई विदेश पठाएर रेमिट्यान्स रमाउने रोग फैल्याइरहेको भन्दै यसलाई पार्टीले तोड्ने कार्यक्रम चलाइरहेको बताए । उनले नेकपा नेता कार्यकर्ता सबै आगामी ३ वर्षमा आफ्नै मेहनत र कृषि उत्पादन खाने स्तरमा पुग्ने बताए । देशको अर्थतन्त्र संकट पर्यो हल्लाको भरमा निराश र हैरानीमा नपर्न र आवश्यक परेमा देशको संकट टार्न नेकपाले देशको जिम्मा लिन तयार रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार