शरणार्थी प्रकरण : एमालेलाई कांग्रेसले लिफ्ट दिएपछि माओवादी सशंकित
नेपालबहस संवाददाता
जेठ १, २०८० मंगलबार ५:२७:५४
२ जेठ, काठमाडौं । अति संवेदनशील र राज्यका निकायहरूमा बसेका जिम्मेवार व्यक्तिहरू नै मानव तस्करीको उद्योग चलाउन लागिपरेको जस्तो देखिने घटनापश्चात भएको तीन दलको मिलि भगतले जनस्तरमा प्रशस्त आशंका र संशय भने पैदा गरेको छ ।
यो आशंकालाई पुष्टि हुने गरी तीन वटै दलहरूले यसअघि गाँठो परेका कैयौँ विषयहरूलाई धमाधम फुकाउँदै लगेका छन । माओवादी केन्द्रले एमालेसँगको गठबन्धन त्यागेर कांग्रेससँगको पुरानो गठबन्धन पुनः ब्युँत्याएसँगै एमाले सरकारसँग रुष्ट बन्दै गएको थियो । एमाले माओवादी केन्द्रसँग आक्रामक देखिनु स्वाभाविक पनि थियो । त्यो आक्रामक शैली उसको दस्तावेजमा अझै छ ।
हालै सम्पन्न एमालेको केन्द्रीय कमिटीबाट पारित अध्यक्ष ओलीले प्रस्तुत गरेका राजनीतिक दस्तावेजमा ‘विगत केही समय यता नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सघन बनेको राजनीतिक आवरणको वित्तीय गठबन्धन’ नै कुशासनको आधार भन्ने ठहर छ । राजनीतिक आवरणको वित्तीय गठबन्धनलाई उसले व्याख्या भने गरेको छैन ।
यद्यपि यो भ्रष्टाचार र आर्थिक अपचलनतिर सोझिएको अनुमान गर्न सकिन्छ । तर व्यवहारमा एमाले प्रतिपक्षी दलको हैसियतमा राजनीतिक आवरणको वित्तीय गठबन्धन भत्काउन वा त्यसलाई थप प्रभावकारी ढंगले जनतालाई बुझाउने तिर लागिरहेको छैन । बरु गठबन्धनको हिस्सेदारी लिन हतारो गरिरहेको जस्तो देखिएको छ । जसले गर्दा शरणार्थी प्रकरणमा एमालेलाई कांग्रेस सभापति देउवाले केही लिफ्ट दिएपछि माओवादी पनि सशंकित बन्न थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार