प्रहरीसमक्ष आत्मसर्मपण गर्न पुगेका आङटावा बाथरूममा लडेर घाइते
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार ११:३६:२२
२ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा आत्मसमपर्ण गर्न पुगेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वसांसद आङटावा शेर्पा बाथरुममा लडेर घाइते भएका छन् ।
प्रहरीले पक्राउ पुर्जीसहित तीव्र खोजी गरिरहेको बेला उनले आफैं सोमबार साँझ परिसरमा पुगेर आत्मसमर्पण गरेका थिए । परिसरले उनलाई तत्काल नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । राति बाथरुम जाँदा उनी लडेर टाउकोमा सामान्य चोट लागेको परिसर प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
उपचारका लागि उनलाई राति नै वीर अस्पताल लगिएको थियो । अहिले उनलाई परिसरमा सोधपुछ भइरहेको जनाइएको छ । उनलाई थुनामै राख्ने कि तारेख छाड्ने भन्नेबारे आजै निर्णय हुने प्रहरी परिसर स्रोतले जनाएको छ ।
अभियुक्त शेर्पा रामेछापबाट २०७० को संविधान सभामा नेपाली कांग्रेसबाट सभासद बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार