१० विषयगत समितिको बैठकः कुन बैठककाे अध्यक्षता कसले गरे ?
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार ११:५४:४१
२ जेठ, काठमाडौं । मिनि संसदको रुपमा चिनिने संसदअन्तर्गतका १० वटा विषयत समितिको बैठक सुरु भएको छ । प्रतिनिधि सभा गठन भएको झण्डै ६ महिनापछि बल्ल आज विषयगत (संसदीय) समितिको बैठक आज सुरु भएको हो ।
समितिको नेतृत्व चयन भइनसकेको कारण समितिका रहेका सदस्यहरुमध्येबाट ज्येष्ठ सदस्यको अध्यक्षतामा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आ-आफ्नो कार्यालयमा बैठक सुरु भएको छ ।
सार्वजनिक लेखा समितिको सभापतित्व समितिका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरेका छन् । पूर्वाधार विकास समितिको सभापतित्व नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले गरेका छन् ।
यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतित्व माओवादी केन्द्रका सांसद रणेन्द्र बराइली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतित्व जनता समाजवादी पार्टीका सांसद नवल किशोर साह, शिक्षा तथा स्वास्थ्य समिति सभापतित्व एमालेका सांसद कालुराम राईले सभापतित्व गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समिति सभापतित्व राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी छन् ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्की, अर्थ समितिको सभापतित्व कांग्रेसका सांसद सन्तोष चालिसेले र कानून, न्याय तथा मानव अधिकार समिति बैठकको सभापतित्व नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवाले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरक्षामन्त्री राईबाट सगरमाथा क्षेत्रमा तैनाथ गुल्मको निरीक्षण
कात्तिक ३०, २०८१ शुक्रबार
उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना
कात्तिक ३०, २०८१ शुक्रबार
सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो
कात्तिक ३०, २०८१ शुक्रबार
रक्षामन्त्री राईबाट सगरमाथा क्षेत्रमा तैनाथ गुल्मको निरीक्षण
कात्तिक ३०, २०८१ शुक्रबार
श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दललाई दुई तिहाइ बहुमत
कात्तिक ३०, २०८१ शुक्रबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
न्यूजील्याण्डकी कान्छी सांसद हानाले संसदमा गरेको विरोधको विश्वभर चर्चा
कात्तिक ३०, २०८१ शुक्रबार