पार्टीको विशेष महाधिवेशन सम्भव छैन: प्रवक्ता महत
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १३:५३:३७
२ जेष्ठ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विषय महाधिवेशन बोलाउने भन्ने कुरा असम्भव रहेको बताएका छन् । उनले अहिले कतैबाट पनि पार्टीको विषेश महाधिवेशन बोलाउनुपर्छ भन्ने आवाज कांग्रेसमका नआएको दावी गरेका छन् । कुनै पनि कारण र दृष्टिकोणबाट अहिलेको अवस्थामा पार्टी विषेश महाधिवेशन आवश्यक नदेखिएको महतको भनाइ छ ।
मंगलबार काठमाडौंमा नक्कली शरणार्थी प्रकरणाबारे कांग्रेसको धारणा सार्वजनिक गर्न डाकिएको पत्रकार सम्मेलनमा महतले ठूलो पार्टी भएका कारण नेताहरुले समूह गत रुपमा छलफल गर्नु छुट्टै विषय भएको भन्दै पार्टीभित्र कुनै खालका असन्तुष्टि नरहेको बताए । विभिन्न कारण पार्टीको केन्द्रीय समितिको बैठक बस्न नसके पनि पार्टी पदाधिकारी बैठक बसिरहेकाले सभापति देउवाले कुनै बैठक नै नबोलाएको भन्नु सत्य नभएको बताए ।
उनले पार्टीभित्र महामन्त्रीद्वयको भूमिका असन्तुलित रहेको कुरा पनि असत्य भएको बताए । पार्टी रुपान्तरणका विषयमा सभापति देउवा मौन बसिरहे आफुहरुले नयाँ ढंगले कार्यक्रम ल्याउने भन्दै महामन्त्रीका भनाइहरु सार्वजनिक रुपमा आइरहेका छन् यसमा पार्टी प्रवक्ताको धारण के छ भन्ने प्रश्नमा महले महामन्त्रीले कुनै पनि बैठकमा यसखालका विषय नउठाएको बताए । उनले कांग्रेसको महामन्त्री पद निकै जिम्मेवपारपूर्ण भएकाले जिम्मेवारी पुरा गर्ने विषय र पार्टीका कुनैपनि आन्तरिक विषयमा असन्तुष्टि जनाएर प्रश्न उठाएको कुरा आफुलाई थाहा नभएको बताए ।
प्रवक्ता महतले भने,‘ पार्टीमा दुई जना महामन्त्री हुनुहुन्छ । उहाँहरुसँग सल्लाह गरेर मात्रै सभापति देउवाले पादाधिकारी बैठक बोलाइरहनु भएको छ । केन्द्रीय समितिको बैठकका विषयमा पनि सभापति र महामन्त्रीचीच कुरा भइरहेको मैले सुनेको छ । भातृ संगठन विस्तार र विभाग गठन गर्ने विषयमा पनि सभापति र महामन्त्रीबीच कुरा भइरहेका छन् । प्राय पदाधिकारी बैठकमा म पनि उपस्थित छु । तर, महामन्त्रीले विषेश महाधिवेशन बोलाउनु पर्छ भनेको मैले सुनेको छैन् । उपनिर्वाचनको नतिजापछि अब पार्टीलाई कसरी अगाडी बढाउने भन्नेबारे पनि उहाँहरु र सभापतिबीच छलफल भइरहेकै छ । त्यसकारण उहाँहरु असन्तुष्ट हुनुहन्छ भन्ने कुरा गलत हो ।’
उनले नक्कली शरणार्थी प्रकरणका कारण सत्तासमीकरण फेरबदल हुने कुरा अहिले सम्भव नभएको बताए । आङटावा शेर्पामाथि अनुसन्धानको क्रममा घाइते भएको कुरा पार्टीलााई जानकार निभएको उनको भनाइ छ । नक्कली शरणार्थी प्रकरणका विषयमा पार्टी सभापति पनि मौन नबसेको महतले दावी गरे । धेरै बोल्ने बानी पहिलेदेखि नभएको र निष्पक्ष अनुसन्धानमा उहाँ सघाइरहनुभएको भन्दै दोषी प्रमाणित भयो भने त्यसअनुसार सभापति पनि कारवाहीका लागि तयार भएको बताए । महतको भनाइ अनुसार कांग्रेस केन्द्रीय समितिको बैठक पनि तत्काल राख्ने सम्भावना देखिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार
स्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
अनलाइनमा बालयौन दुव्र्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार