संसदीय समिति बैठकमा मन्त्री किरातीले भने- ‘यहाँ त मन्त्रीलाई नै डमी बनाउने रहेछ’
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १४:१९:३६
२ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संघीय संसद् अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा सरकार र सरकारका मन्त्रीलाई अरुले नै चलाउने गरेको पाएको धारणा राखेका छन् ।
समिति गठनपछि बसेको पहिलो बैठकमा मन्त्री किरातीले संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको धारणा राखेका हुन् ।
मन्त्रीलाई समेत अरुले नै चलाउने भएपछि आफूलाई ‘डमी’ (शोकेसको मान्छे) जस्तो भएर बस्नु परेको बताए ।
उनले सांसद भन्दा मन्त्री नै बनेपछिको अनुभूति सुनाउँदै भने, ‘यहाँ त अरूले नै संसद् चलाउँदो रहेछ । अरूले नै मन्त्री चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौं ।’
उनले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु बाँकी रहेको र सेक्युरिटीसम्बन्धी ऐनलाई सक्रियसाथ छिटो पास गर्नुपर्ने बताए । उनले सांसदहरुले संसद र समितिमा गहिरो चासो दिने र बोल्ने कामले मन्त्रीलाई काम गर्न बल प्राप्त हुने बताए । मन्त्री किरातीले नेपालमा धेरै विमानस्थलहरू आवश्यक नभएको धारणा राखेका थिए ।
हवाइभन्दा सडक यातायातलाई फराकिलो बनाएर कम खर्चिलो र छिटो सेवा दिनुपर्नेमा जोड दिए । सरकार हवाई सुरक्षाका लागि निरन्तर लागिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार