केन्याले सोमालियासँगको सीमा ३० दिनभित्र खोल्न सहमत
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १४:३६:१८
२ जेठ, एजेन्सी । केन्या र सोमालियाले ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमा नाका पुनः खोल्न सोमबार सहमत भएका छन् । आन्तरिक र राष्ट्रिय प्रशासन मन्त्रालयका क्याबिनेट सचिव किथुरे किन्डिकीले पत्रकारहरूलाई दिएको जानकारी अनुसार मन्डेरा काउन्टीका सीमानाहरू आगामी ३० दिन भित्र खोलिनेछ । त्यसैगरी गारिसा काउन्टीको लिबोई र दक्षिणी सोमालियाको रास कम्बोनी अर्को ६० दिनभित्र खोलिनेछ । त्यसैगरी अन्य नाकाहरी पनि क्रमशः खोलिनेछ ।
सोमालियाका आन्तरिक सुरक्षा मन्त्री मोहम्मद अहमद शेख अलीसँग द्विपक्षीय वार्ता गरेपछि किन्डिकीले भनेका छन्, 'हामी सोमालियामा प्रवेश गर्ने अर्को सीमाना खोल्ने सम्भावनालाई पनि पुनर्विचार गर्ने प्रक्रियामा छौं।' केन्याले सन् २०१२ मा अल-शबाब आतङ्कवादी समूहबाट बढेको आतङ्ककारी हमलापछि सोमालियासँगको आफ्नो सीमा बन्द गरेको थियो ।
जनताको आवतजावतलाई सहज बनाउन र वस्तु तथा सेवाको व्यापार बढाउन दुवै देशबीच साझा सीमा पुनः खोल्ने सहमति भएको अलीले बताए । साझा सिमानाका आसपासका समुदायले भोग्नुपरेको चुनौती एउटै देशले सम्बोधन गर्न नसक्ने गरी जटिल रहेको पनि उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार