न्युजिल्यान्डको चार तले होस्टेलमा आगलागी, कैयौँ व्यक्तिको मृत्यु
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १४:४२:३८
२ जेठ, एजेन्सी । न्युजिल्यान्डको डाउनटाउन वेलिङ्ग्टनमा रहेको चार तले होस्टेल भवनमा रातभरि आगलागी हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार मंगलबार बिहान करिब १२:३० बजे मध्य वेलिङ्ग्टनको एडिलेड रोडमा रहेको लोफर्स लज होस्टेलमा आगो लागेको र ठूलो धनजनको क्षति भएको थियो ।
अहिले हताहती र घाइतेको सङ्ख्या एकिन नभए पनि प्रहरीको प्रारम्भिक मूल्याङ्कन अनुसार मृत्यु हुनेको सङ्ख्या १० को आसपासमा रहेको छ । उक्त भवनबाट ५२ जनालाई उद्धार गरी बाहिर निकालिएको थियो भने पाँच जनाको छतबाट उद्धार गरिएको थियो । तर अझै थुप्रै व्यक्ति बेपत्ता रहेको प्रहरीले जनाएको छ । त्यसैगरी दुईजना गम्भीर घाइते सहित पाँच जनालाई अस्पताल पठाइएको छ ।
बिहानको समाचार कार्यक्रमसँग कुरा गर्दै न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले सो घटनामा थप मृत्यु हुनसक्ने आशङ्का रहेको बताए । घटनास्थलको निरिक्षणपछि हिपकिन्सले पीडितहरू र तिनीहरूका परिवारहरूप्रति संवेदना व्यक्त गरेका छन् । उक्त भवन यस वर्षको शुरुमा निरीक्षण गरिएको र सबै मापदण्ड पूरा गरिएको पाइएको भए पनि यसमा स्प्रिंकलर प्रणाली भने नभएको आवास मन्त्री मेगन वुड्सले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार