बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि हुने
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १६:४०:५६
२ जेठ, काठमाडाैं । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगीताका लागि रु नौ करोड ४२ लाख खर्च हुने बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिP । प्रतियोगितामा १३ खेलका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा छन् । यीमध्ये उसु र जुडो काठमाडाँैमा, पौडी ललितपुरको सातदोवाटोमा तथा क्रिकेट चितवनमा खेलाइनेछ ।
फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने सदस्य सचिव भण्डारीले बताए । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तय गर्ने भएको छ ।
प्रतियोगितामा विभिन्न बिधामा गरी एक हजार ७५ महिला, एक हजार चार सय २७ पुरुष खेलाडी, एक सय ७३ प्रशिक्षक, एक सय ४२ व्यवस्थापक र दुई सय ७६ निर्णायकको सहभागिता रहने सदस्य सचिव भण्डारीले बताए । पत्रकार सम्मेलनमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले विभिन्न खेलकुद प्रतियोगितासँगै प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटी–२० विश्वकप : ओमानले दियो नामिबियालाई १०९ रनको समामान्य लक्ष्य
जेठ २१, २०८१ सोमबार
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
जेठ २१, २०८१ सोमबार
टी-२० विश्वकपमा आज दुई खेल हुँदै
जेठ २१, २०८१ सोमबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
९३ वर्षीय मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह
जेठ २१, २०८१ सोमबार
टी–२० विश्वकप : ओमानले दियो नामिबियालाई १०९ रनको समामान्य लक्ष्य
जेठ २१, २०८१ सोमबार
हावाहुरीले २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति
जेठ २१, २०८१ सोमबार
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
जेठ २१, २०८१ सोमबार
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने
जेठ २१, २०८१ सोमबार
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
जेठ २१, २०८१ सोमबार