नक्कली शरणार्थी प्रकरण अनुसन्धानबारे सरकारको जवाफ चाहियो : महामन्त्री शर्मा
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १७:१६:५४
२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको आधिकारिक जवाफ माग गरेका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद र्माले अनुसन्धान कहाँ पुग्यो, के भइरहेको छ भन्नेबारे सरकारले आधिकारिक जवाफ तत्काल दिनुपर्ने बताए ।
उनले सरकारले नक्कली भुटानी शरणार्थीमा छानबिनका लागि सबै दलको समर्थन पाएको भन्दै दोषी नउम्किने र निर्दोष नफस्ने गरी कारबाही अघि बढाउनुपर्ने बताए । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे हामी सुसूचित हुन जरुरी छ । दोषीहरु कोही नछुटुन्, निर्दोष कोही नफसुन् भनेर सबै राजनीतिक दलहरुले भनिरहेकै छन् । अनुसन्धानको प्रगतिबारे गृहमन्त्रीज्यूको भनाइ हामीले सुन्न पाएका छैनौं । सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारे जानकारी गराउन आवश्यक छ ।’
शर्मा, अर्का महामन्त्री गगन थापा, सहमहामन्त्री भीष्म आङदेम्बेले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी प्रकरणमा निष्पक्ष छानबिन गरी दोषी कसैलाई कारवाहीबाट छुट नदिन यसअघि नै ध्यानाकर्षण गराएका थिए ।
प्रकरणमा नेपाली कांग्रेसका नेता एर्व पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले सांसद एवं पूर्वउपधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे लगायत १२ जना पक्राउ परिसकेका छन् । उनीहरुविरुद्ध संगठित अपराध र ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाउँदै आइरहेको छ । प्रकरणमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र पक्राउ परेका खाणकी पत्नी मञ्जु खाणको नाम समेत जोडिएको छ । मञ्जु भने सम्पर्कविहीन छिन ।
प्रकरण सार्वमौभ नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने काम राज्यविरुद्धको अपराध भएको भन्दै अभियुक्तहरुलाई राष्ट्रद्रोहको मुद्दा चलाउनुपर्ने मागसहित संसदमा संकल्प प्रस्ताव दर्ता गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार