वालिङले खुलायो आंशिकरुपमा जग्गाको कित्ताकाट
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १७:४१:१
२ जेठ, स्याङ्जा । लामोसमय जग्गाको कित्ताकाट रोकिदा अंशबण्डा देखि जग्गाको लेनदेन र कारोबारमा समस्या हुँदै आएको थियो । जग्गाको बर्गिकरण गर्ने जिम्मेवारी स्थानीयतहलाई दिइएपनि अहिले सम्म छुट्टाउन सकेका थिएनन् । ढिलै भएपनि स्याङ्जाको वालिङ नगरपालिकाले भने आंशिक कित्ताकाट शुरु गरेको छ । राष्ट्रिय भु–उपयोग ऐन २०७६ र नगरपालिकाको भु–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्ड तथा आधारहरु, २०७९ अनुसार वालिङ नगरपालिकाले जग्गाको बर्गिकरण गरेपछि जग्गाको कित्ताकाट सुरु हुने भएको हो ।
आंशिक रुपमा कित्ताकाट सुरु भएको नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख गरिएको छ । वालिङ नगरपालिका भित्रका ५ वटा वडाहरुमा कित्ताकाट सुरु भएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जारी गरेको सुचनामा उल्लेख छ । नगरपालिकाका वडा नं.६, ८, ९, १० र १३ मा कित्ताकाट सुरु भएको हो । कित्ताकाट शुरु हुने वडाको जग्गा वर्गीकरण गरी सम्बन्धित मालपोत र नापी कार्यालयमा पठाइसकिएको शर्माले जारी गरेको सूचनामा उल्लेख छ । कित्ताकाट गरिएका वडाका नागरिकहरुले स्रेस्ता कायम गर्नुपर्ने भएमा सक्कल लालपुर्जा लिई मालपोत कार्यालयमा जान नगरपालिकाले अनुरोध गरेको छ ।
वालिङ नगरपालिकाले कृषि र गैह्र कृषि जग्गा सहित राष्ट्रिय भु—उपयोग ऐन २०७६ अनुसार छुट्टाएर पठाएकोले अब कित्ताकाट शुरु हुने मालपोत कार्यालय वालिङका सुचना अधिकारी जिवनाथ पौडेलले जानकारी दिए । मापदण्ड पुगेर आएका जग्गाको काम हुने उनले बताए । नगरपालिकाले आंशिकरुपमा मात्रै कित्ताकाट शुरु गरेपछि नागरिकमा असन्तुष्ट देखिएको छ । १, २, ३, ४, ५, ७, ११, १२, १४ लगायतका वडाहरुको कित्ताकाट भने केहीदिन पछि शुरु हुने नगर प्रमुख कृष्ण खाँणले बताए ।
१४ वडा रहेको नगरपालिकामा ५ ओटा वडामा मात्रै कित्ताकाट शुरु हुने र अन्य ९ ओटा वडाको कित्ताकाट खुलाउन ढिलाई गरेको भन्दै नागरिकले असन्तुष्टि पोखेका हुन् । नगरपालिकाले कित्ताकाट खुलाएका वडाहरु सिद्धार्थ राजमार्गले छोएको छ । राजमार्गले छोएका जग्गालाई घरबाटो कायम गर्न र गैह्र कृषियोग्य जमिन भन्न सजिलो भएकाले बर्गिकरणमा सहज भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार