रेशम चौधरीलाई थुनामै राख्ने सर्वोच्चकाे फैसला, अन्य २ जनालाई सफाई
सिताराम र गंगारामलाई तत्काल रिहा गर्न आदेश, लक्ष्मण थारुको सजायमा कटौती
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १७:४४:३०
२ जेठ, काठमाडौं । जेलमा जन्म कैदको सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक एवं पहिचानवादी नेता कैलालीका रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतले सफाई दिन अस्वीकार गरेको छ ।
कैलालीको टीकापुरमा २०७२ साल साउन ७ मा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७ प्रहरी र एक नाबालकको हत्या भएको घटनामा चौधरीलाई मुख्य योजनाकार र अन्य दर्जन बढीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर्याइ जेल सजाय तोकेको फैसलालाई सर्वोच्चले पनि सदर गरेको हाे ।
सोमबार र मंगलबार २ दिन सर्वोच्च अदालतका न्यायाधीश द्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उनको मुद्दामा सुनुवाइ भएको हो । सुनुवाईपछि चौधरीलाई उच्च अदालतले गरेको जन्मकैदको फैसला सदर गर्ने निर्णय गरेको छ ।
टिकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्चले सफाइ दिएको छ । प्रतिवादी लक्ष्मण थारुको हकमा ५ वर्षको कैद सजाय घटाएर ३ वर्ष झारिएको छ । इजलासले संक्षिप्त आदेश जारी गर्दै यस्तो फैसला सुनाइएको हो ।
घटनामा दोषी ठहर भएका रेशम लगायत १४ जनाले २०७७ कार्तिक १२ र अन्य फरक फरक मितिमा जिल्ला र उच्च अदालतको फैसला बदरको माग गर्दै सर्वोच्चमा पुनरावेदन दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार