विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १८:१३:१९
२ जेठ, काठमाडौं । देशका विभिन्न जिल्लामा भ्रष्टाचारविरुद्ध राजनीतिक दल र स्थानीयले विरोध प्रदर्शन गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा मशालले चितवनको भरतपुर र दाङको घोराहीमा मंगलबार संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।
नेपालीलाई भुटानी नागरिक बनाइ अमेरिका पठाउन गरिएको घटना र मौलाउँदै गइरहेको भ्रष्टाचारविरद्ध विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले नक्कली शरणार्थी बनाएर सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगी गर्ने र राज्यको ढिकुटी लुटेर अकुत सम्पत्ति थुपार्ने भ्रष्टाचारीलाई कडा कारवाहीको माग गरेका छन् ।
विरोध जुलसपछि घोराहीमा आयोजना गरिएको विरोध सभामा बोल्दै नेकपा मशालका दाङ सचिव रामबहादुर जिएमले नक्कली शरणार्थी प्रकरणका सबैलाई कानुनी कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरे । उनीहरुले भ्रष्टाचारको आरोप लागेका व्यक्तिको तस्बीर अंकित ब्यानर र भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शन गरेका थिए ।
यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समीर केसीले नक्कली शरणार्थी बनाउने योजनामा सामेललाई राजद्रोहको मुद्दा चलाउन र भ्रष्टाचारीको सम्पत्ति जफत गर्नेपर्ने धारणा राखे ।
नक्कली शरणार्थी प्रकरणलाई निष्पक्ष छानबिन गर्न र दोषीलाई कारवाहीको माग गर्दै नेविसंघ, तरुण दल, अनेरास्वयिवयु्, वाइसीएल लगायतले प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी), रास्वपा, राप्रपा लागयत राजनीतिक दलहरुले पनि शक्ति र सत्ताको दबाबमा प्रकरणमाथिको छानबिन प्रभावित हुन नदिने खबरदारी गर्दै आइरहेका छन् । तिन दलहरु र तिनका भातृ संगठनहरुले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्रीलाई नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार